४ नं को होटलबाट दुर्लभ रेडपाण्डाको छाला सहित ३ जना पक्राउ

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

लुदस, जितपुर
कपिलवस्तुको बाणगंगा ४ सिद्धिपुरस्थित बराल होटल रेष्टुरेन्ट एण्ड लजबाट दुर्लभ रेड पाण्डाको छाला पुच्छर सहित प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।

रेडपाण्डाको कारोवार भईरहेको भन्ने विशेष सूचनाको आधारमा लुम्विनी प्रदेश प्रहरी अनुसन्धान समुह र जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको संयुक्त टोलीले होटलको कोठा नंम्बर १०४ बाट २ वटा रेडपाण्डाको छाला र पुच्छर सहित झापा विर्तामोड नगरपालिका वडा नं. ५ सनिश्चरे बस्ने बर्ष २९ को खगेन्द्र पुरी सोही ठाँउ निवासी बर्ष ३२ को आशिष जोगी र बर्ष २६ को सौरब राजवंशी लाई पक्राउ गरेको र थप अनुशन्धान भैरहेको बताएको छ ।


प्रकाशित : २०७८ श्रावण २९, शुक्रबार ०७:०५