ताजा अपडेट

पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

विजयनगरमा एमालेका दुई नेता रास्वपामा

भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

भविष्यको खोजीमा मेरो यात्रा

पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने

प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता हुँदै

कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

प्रधानाध्यापकको दुई सय रोपनीमा खोर्सानी खेती

लुम्बिनी दर्पण २०७८ श्रावण २९, शुक्रबार ०९:००
[sharethis-inline-buttons]

पाल्पा , साउन२९

सरकारी कर्मचारी अन्य पेशा तथा व्यवसायमा आवद्ध हुँदैनन् । सरकारी काममा नै समय बिताउने अधिकांश कर्मचारी साँझ बिहान अध्ययन तथा घरायसी काम गर्न रुचाउँछन् तर जिल्लाको रिब्दीकोट गाउँपालिका–७, मैनादीमा जनक आचार्य शिक्षण पेशासँगै व्यावसायिक खोर्सानी खेतीमा पनि व्यस्त हुनुहुन्छ । घर नजिकैको प्रभात माध्यमिक विद्यालयको उहाँ प्रधानाध्यापक हुनुहुन्छ ।

दुई सय रोपनी बाँझो खेतबारीमा व्यावसायिकरूपमा खोर्सानी खेती गर्नुभएका प्रधानाध्यापक आचार्यले रु एक करोड आम्दानी हुने अनुमान गर्नुभएको छ । यसैगरी चालिस रोपनी जमिनमा गरिएको सुन्तला खेतीबाट वार्षिक रु सात लाख र गोलभेँडा खेती तथा कुखुरापालन व्यवसायबाट वार्षिक रु पाँच लाख आम्दानी गर्दै आउनुभएको छ । परिवारको सहयोगका कारण शिक्षण पेशासँगै कृषि व्यवसायबाट उहाँले प्रशस्त आम्दानी गर्नुभएको हो ।

प्रधानाध्यापक आचार्य र कृष्ण भट्टराईद्वारा सञ्चालित त्रिपुट कृषि तथा पशु बहुउद्देश्यीय फार्मको सोे खोर्सानी खेतीले सबैको मन लोभ्याएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, कार्यान्वन एकाइको चक्लाबन्दी कार्यक्रमबाट उक्त खेतीका लागि सहयोग मिलेकाले बाँझो जमिनमा व्यावसायिकरूपमा खेती गर्न थालिएको प्रधानाध्यापक आचार्यको भनाइ थियो । परियोजनाको सहयोगका कारण पहाडको भिरालो जमिनलाई उत्पादनशील बनाउँदै आम्दानीको स्रोत बनाउने प्रयास गरिएको उहाँले बताउनुभयो ।

“शिक्षित तथा अशिक्षित युवा शक्ति रोजगारीका लागि विदेश पलायन भएका छन् । गाउँमा बाँझो खेतबारीमा लाखाँै आम्दानीको सम्भावना छ”, प्रधानाध्यापक आचार्यले भन्नुभयो, “आउनुहोस् सँगै मिलेर कृषिमा काम गरौँ, स्वरोजगार बनौँ र रोजगारीका अवसर सिर्जना गरौँ ।”

परम्परागत अन्नबाली धान र मकैखेतीबाट प्राप्त आम्दानी कम हुने भएकाले सो व्यवसाय छाडेर व्यावसायिकरूपमा खोर्सानी खेतीमा आकर्षण बढेको हो । रैथाने अन्नबाली उत्पादनमा बढी श्रम खर्चिनुभन्दा सयौँ गुणा बढी फाइदा हुने, बाँदरलगायत वन्यजन्तुबाट नोक्सानी न्यून हुने यस खेतीप्रति आफू आकर्षित भएको उहाँले बताउनुभयो ।

१५ परिवारको खेतबारीमा खोर्सानी खेती

अधिकांश मानिस घर नै खाली राखी सहर प्रवेश गरिरहेकाले १५ परिवारको २०० रोपनी खेतबारी वार्षिक प्रतिरोपनी रु ६०० का दरले पाँच वर्षसम्मका लागि भाडामा लिएर खोर्सानी खेती थालिएको हो । ।

झाडी हटाएर खोर्सानी खेती

दशरबाह्र वर्षदेखि बाँझो रहेको जमिनमा व्यावसायिक अहिले अकबरे खोर्सानी खेतीले त्यहाँको जमिन हराभरा बनेको छ । रु एक लाख ३५ हजार खुर्सानीका बिरुवा अहिले हराभरा देखिएको हो । अनुत्पादनक क्षेत्रका रूपमा बदलिएका बाँझो खेतबारीका घाँस तथा झाडी हटाएर यो खेती थालिएको सञ्चालक आचार्यले बताउनुभयो ।

घरबाटै खोर्सानीको बिक्री

खोर्सानीे प्रतिकिलो रु २५० मा घरबाटै बिक्री हुँदै आएको अर्का सञ्चालक भट्टराईले बताउनुभयो । अकबरे खोर्सानी बिक्रीका निम्ति कुनैे समस्या छैन । चाउचाउ कम्पनीबाट ठूलो परिमाणमा खोर्सानीको माग भइरहेको छ । पाकेपछि बिक्री गर्न अप्ठ्यारो नहुने उहाँले बताउनुभयो । वैशाखमा रोपिएका खोर्सानी १२५ किलोभन्दा बढी बिक्री भइसकेको छ । झण्डै रु २५ देखि ३० हजारसम्मको आम्दानी यो असारमा भएको छ । नियमितरूपमा खोर्सानी टिपेर बेच्ने काम अब हुन्छ । झार हटाउनुपर्ने, खोर्सानी टिप्नुपर्नेलगायत कामको चाप बढ्दो छ । आम्दानीसँगै खर्च र मिहेनत पनि प्रशस्त रहेको सञ्चालक भटृराईको भनाइ थियो ।

बिरुवाबाट ५० हजार आम्दानी

अहिलेसम्म खोर्सानीको बिरुवाबाट रु ५० हजार आम्दानी भएको छ । हामीले चैतमा खोर्सानी रोपेकामा असार महिनासम्म बिरुवा खरिद भएको थियो । भदौको अन्तिमतिरबाट खोर्सानीको ठूलो मात्रा निकासी गरिने र कात्तिक महिनासम्म यसबाट उत्पादन हुने उहाँले बताउनुभयो ।
करोड आम्दानी गर्ने योजना

परियोजनाका माध्यमबाट इलामको खोर्सानी खेतीका लागि अध्ययन, अवलोकनका साथै प्राविधिक र यान्त्रिक सहयोग मिलेको छ । मल्चिङ्ग प्रविधिका कारण उत्पादन बढी हुने र थोरै जनशक्तिबाटै काम गर्न सकिने हुँदा खर्चसमेत न्यून हुने प्रधानाध्यापक आचार्यको भनाइ थियो । यस वर्ष खोर्सानी खेतीबाट रु एक करोड ३५ लाख बढी आम्दानी हुने अनुमान छ ।
स्वदेशमा श्रमपूँजी खर्चिनुपर्ने

रिब्दीकोट गाउँपालिका उपाध्यक्ष लक्ष्मी खनालले हराबरा खोर्सानी खेती निकै राम्रो लागेर फोटो खिचेको बताउनुभयो । युवा जनशक्तिले स्वदेशमै श्रम र पूँजी खर्च गरे आचार्यले जस्तै करोडौँ कमाउन विदेश जानु नपर्ने उहाँको धारणा थियो ।

किसानको रुचि खुर्सानीतर्फ

परियोजना प्रमुख दीपक भट्टराईले बाँझो जमिन फडानी गरी लाखौँ आम्दानी गर्न सकिने यो पेशा यस क्षेत्रकै नमूना भएको बताउनुभयो । खोर्सानीमा पहिलो वर्ष जति उत्पादन हुन्छ, त्यसभन्दा बढी उत्पादन दोस्रो वर्ष पनि हुनेछ । यसमा मेहेनत र लगानी कम हुँदा किसानको रुचि बढेकोे उहाँले बताउनुभयो । कूल रु १७ लाख ११ हजार ७२१ को लगानीमा यो खेती गरिएकामा रु नौ लाख ५४ हजार परियोजनाले उपलब्ध गराएको थियो ।

रोजगारी कृषिमा

यो फार्मले पाँच जनालाई रोजगारी दिएकामा एक कृषि विषयको प्राविधिक र अन्य कामदार छन् । उनीहरूलाई मासिक रु १२ हजारदेखि २२ हजारसम्म पारिश्रमिकको व्यवस्था गरिएको छ । कामको चापअनुसार दैनिक २० भन्दाबढीले ज्यालादारीमा काम गर्छन् । रासस


प्रकाशित : २०७८ श्रावण २९, शुक्रबार ०९:००

लुम्बिनी दर्पण

लेखकबाट थप

  • लुम्बिनी सरकार निर्माणका लागि मोहनविक्रम सिंहसँग ओली र प्रचण्डको दुई बुँदे सहमति
  • वन संरक्षणमा उत्कृष्ट कामको कदर, कपिलवस्तुका कोइलीचौर र मायादेवी पुरस्कृत
  • प्रभाकर माविको प्रशासनिक कक्षमा तालाबन्दी, सामाजिक सञ्जालमा अनियमितताको तरङ्ग
  • वृक्षारोपण गरि मनाईयो सामुदायिक वन दिवस
  • तीजको रौनक बढाउन आयो नयाँ गीत ‘मेरो बिहे भा छैन, म पोइला गा छैन’
प्रतिक्रिया

यो पनि पढौँ

विजयनगरमा एमालेका दुई नेता रास्वपामा

भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने

प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता हुँदै

कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

शुभयात्रा ई.मोबिलिटी प्रा.लि.द्वारा कपिलवस्तुमा विद्युतीय सवारी सेवा सुरु

लक्ष्मणघाट बोलबमधाममा श्रावणी मेला, भक्तजनको घुइँचो

निजामती तथा सरकारी कर्मचारीहरूको वैदेशिक भ्रमणमा कडा मापदण्ड लागू

१५ दिने नौमती बाजा प्रशिक्षण सम्पन्न, पाँच टोललाई बाजा सेट सहयोग

लुम्बिनी सरकार निर्माणका लागि मोहनविक्रम सिंहसँग ओली र प्रचण्डको दुई बुँदे सहमति

भर्खरै

  • पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

  • विजयनगरमा एमालेका दुई नेता रास्वपामा

  • भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

  • भविष्यको खोजीमा मेरो यात्रा

  • पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

  • नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

  • बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने

  • प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता हुँदै

  • कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

  • लोकदोहोरीमा चम्किँदै सम्झना रणपाल


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech