ताजा अपडेट

अत्यधिक गर्मीपछि कपिलवस्तु नगरको निर्णय, विद्यालय ४ दिन बिदा

१९ औँ नगरसभा सम्पन्न, बाणगंगाले पारित गर्‍यो २ अर्ब ३३ करोडको बजेट

लुम्बिनी प्रदेश सभा बैठक स्थगित,मंगलबार दिउँसो ३ बजे बस्ने

म ट्रम्पको आदेशमा काम गर्दिन : इजरायली प्रधानमन्त्री नेतान्याहू

रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको दोस्रो दिन सुरक्षमा कडाइ (तस्बिरसहित)

रुकुम पूर्वका समिर पुन बने ‘प्रथम लुम्बिनी लोकतारा–२०८३’

कक्षा १२ को नतिजा सार्वजनिक

अब अनलाइनबाटै डाउनलोड गर्न सकिने भयो ई–राष्ट्रिय परिचयपत्र

विश्वकपमा अब रोनाल्डो मात्र

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

अन्न नफल्ने खेतमा नर्सरी व्यवसाय भयोकरोडौको आम्दानी

लुम्बिनी दर्पण २०७८ श्रावण ३०, शनिबार ०८:०८
[sharethis-inline-buttons]

कञ्चनपुर ,साउन,३०
जहाँ इच्छा, त्यहाँ उपाय’ भन्ने भनाइलाई कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ जुडाका प्रतापसिंह धामीको परिवारले जीवनमा चरिरार्थ गरेका छन् । अन्न नफल्ने खेतमा नर्सरी व्यवसाय गरेर उनको परिवारले मनग्य आम्दानी गर्दै आएका छन् । नर्सरी व्यवसायमा धामीका दाजु पानसिंह, भतिजा रुपसिंह समेत संलग्न रहँदै आएका छन् । तीनै जनाले अलग–अलग नर्सरीमा बिरुवा तयार गरी बिक्री गर्दै आएका छन् ।

नर्सरीमा उत्पादित बिरुवा एक जनाले मात्रै वार्षिकरूपमा रु २५ देखि रु ३० लाखसम्मको बिक्री गर्दै आएका छन् । तीनै जनाले रु ७५ लाखदेखि रु एक करोडसम्मका बिरुवा वार्षिकरूपमा बिक्री गर्दै आएका छन् । कोरोनाको महामारी फैलिएपछि बिक्रीमा केही कमी आएको छ । हाल रु १० लाखदेखि १५ लाखसम्मका बिरुवामात्रै बिक्री हुने गरेका छन् । धामी परिवारले उत्पादन गरेका बिरुवा सुदूरपश्चिमबाट कर्णाली प्रदेशसम्म बिक्री हुने गरेको थियो । कोरोना महामारी फैलिएपछि हाल उत्पादित बिरुवा सुदूरपश्चिम प्रदेशका नौ जिल्लामा मात्रै आपूर्ति हुने गरेको छ ।

प्रतिपरिवारले बिरुवा बिक्री गरी वार्षिकरूपमा रु दुई लाखदेखि पाँच लाखसम्म आम्दानी गर्दै आएका छन् । धामी परिवारका नर्सरीमा घर सजावटका बिरुवा, घाँस प्रजातिका बिरुवा, काष्ठ प्रजातिका बिरुवा, विभिन्न प्रजातिका बाँसका बिरुवा, फलफूलका बिरुवा पाइने गरेका छन् । बिरुवा उत्पादनका लागि बीउ तयार गर्नेदेखि बिरुवा उत्पादन र कलमी गर्नेलगायतका काम धामी परिवारले नर्सरीमै गर्ने गरेका छन् । धामी परिवारले सञ्चालन गरेका तीनवटै नर्सरीमा एक दर्जन बढी व्यक्तिलाई रोजगारीसमेत दिएका छन् ।

विसं २०४६ मा भारतले गरेको नाकाबन्दीका बेला भारतीय निकटवर्ती बजार वनवसाबाट घरमै रोप्नका लागि धामी दाुजभाइलाई फलफूलका बिरुवा ल्याउँदै गर्दा सीमानाका महाकाली पुलमा पुगेका बेला भारतीय सुरक्षाकर्मीले बिरुवा ल्याउन दिएनन् । कर्णालीमा पुल नहुँदा नेपालमै उत्पादित बिरुवा ल्याउन सकिने अवस्था थिएन । भारतले सीमा क्षेत्रमा नाकाबन्दी गरेकाले बिरुवा ल्याउन दिएन । “वनवसाबाट २५वटा आँपका बिरुवा ल्याएका थियौँ”, विगत सम्झँदै प्रतापसिंह धामीले भने, “बिरुवा ल्याउन नदिएपछि घरमै बिरुवा उत्पादन गर्ने निधो गर्यौं । बिरुवा उत्पादन गर्ने ज्ञान थिएन । त्यसपछि तत्कालीन कृषि विकास कार्यालयमा पुगेर बिरुवा उत्पादन गर्नेबारे तालिमको मागबमोजिम तालिम पायौँ ।”

तालिमअनुसार धामी दाजुभाइले एकैसाथ मिलेर सुनकागतीका बिरुवा कलमी गरेर उत्पादन सुरु गरे । पहिलो वर्ष ४०० बिरुवा बिक्री भए । त्यसपछि उत्साहित हुँदै आँप, बाँस, कागती, कटहरका बिरुवा तयार गरी साइकलमा बजारमा लगेर बिक्री गर्न थाले । सहजै बिरुवा बिक्री हुन थालेपछि धामी परिवारले पछाडि फर्केर हेर्नुपरेन । “पाखो भएको जग्गा थियो । अन्न फल्दैनथ्यो । परिवारका लगि अन्नको जोहो मिलाउनसमेत धौधौ हुन्थ्यो”,उनले भने, “हाल त्यही जग्गामा तीनवटा नर्सरी स्थापना गरी गतिलो आम्दानी हुन थालेको छ ।” नर्सरी व्यवसायमा संलग्न धामीका दाजु पानसिंह, भतिजा रुपसिंहले अलग–अलगरूपमा एकरएक बिघामा गरी तीन बिघा जग्गामा नर्सरी व्यवसायलाई विस्तार गरेका छन् ।

तीनै जनाले व्यवसाय दर्ता गरेर आँप, लिची, केरा, एभोकाडो, नरिवल, सुपारी, सपोटा, ल्वाङ, कालीमिर्च, कागती, सुन्तला, अम्बा, कटहर, नासपाती, अनार अमिलोलगायतका फलफूल प्रजातिका बिरुवा उत्पादन गर्दै आएका छन् । आँप मात्रै १४ र लिची पाँच प्रजातिका रहेका छन् । घाँस प्रजातिमा सुपर नेपियर, स्मार्ट नेपियर, बकाइनो, टाँकी, वडहर, भिमल, इपिलइपिल, बडहर, किमु र काठ प्रजातिमा सात प्रजातिका बाँस सिसौ, सिमल, जामुन, टिक, पलोनिया, अगरउड, मलेशियन साल, महागुणी, रुद्राक्ष, रक्तचन्दनलगायका बिरुवा उत्पादन हुँदै आएका छन् ।

घर सजावटका बिरुवामा अशोक, बोटलपान, समी, धुपी चाइनापान, इरकापान, एरोकेरिया, पनिस पान, साइकस, निलोना, गुडल, चाँदनी, हेपिकस, हेमेलिया, असारे, लालुपाते गुलाव लगायतका बिरुवाको उत्पादन नर्शरीमा हुदै आएको छ । कुनै पनि ठाउँमा नपाईएका बिरुवा धामी परिवारले सञ्चालन गरेको नर्सरीमा पाईने गरेको छ । नर्शरी व्यवसायका लागि उनीहरुले रु १० लाख देखि रु २५ लाख सम्म लगानी गरेका छन । नर्शरीमा काम गर्ने मजदुर, प्लाष्टिक व्याग, बिरुवाको बीउ, सिचाई, मल, बिषादी सहितमा खर्चेर रु तीन लाख रकम बचत हुने गरेको रुप सिंह धामीले बताए । “नर्सरीमा बिरुवा उत्पादन गर्न चाहिने कच्चा पदार्थ सहित बीउका लागि भारतको रुद्रपुर, रामनगर र बरेली पुग्नु पर्ने बाध्यता रहेको थियो” उनले भने, “हाल कोरोना महामारी फैलिए पछि कच्चा पदार्थ ल्याउन सकिएको छैन ।”

“बुवा र काका दुवै जना बाट नर्शरी तयार गर्ने तरिका सिकेपछि यसलाई व्यवसाय बनाएको हु” रुपसिंहले भने , “अन्न र अन्य व्यवासीक खेती भन्दा नर्शरी व्यवसाय बाट बढी आम्दानी लिन सकिने भएकाले भारतमा महिनाको रु १५ हजार पाईने नौकरी छाडेर नर्शरी व्यवसाय अंगालेको छु ।” बिरुवा खरिद गर्ने व्यवसायीले गाडी सहित घरमै पुगेर नगद रकम दिई लग्ने गरेका छन । बिरुवा उत्पादनका लागि माग आउने गरेको छ धामीले भने, “त्यसै अनुरुप बिरुवा उत्पादन गर्दै आएका छौं ।” तराईका जिल्लाभन्दा सुदूरपश्चिमका पहाडी जिल्लामा यहाँ उत्पादित बिरुवाको बढी माग हुने गरेको छ ।रासस


प्रकाशित : २०७८ श्रावण ३०, शनिबार ०८:०८

लुम्बिनी दर्पण

लेखकबाट थप

  • विश्वकपमा अब रोनाल्डो मात्र
  • पत्रकारको भूमिका र जिम्मेवारीबारे जोड, रचनात्मक पत्रकारिताको खाँचो : नगर प्रमुख अर्याल
  • कर सहयोगी संगठनमा नयाँ नेतृत्व , कपिलवस्तुका वासुदेव बने वरिष्ठ उपाध्यक्ष
  • पत्रकारका लागि एआई तालिम बाणगंगामा सुरु
  • १९औँ नगरसभाबाट घोषणाः ‘ब्राण्ड बाणगङ्गा’ मार्फत सुशासन र समृद्धिको नयाँ यात्रा
प्रतिक्रिया

यो पनि पढौँ

लुम्बिनी प्रदेश सभा बैठक स्थगित,मंगलबार दिउँसो ३ बजे बस्ने

जीवन बचाउने अभियानमा युनिक एग्रो सेन्टर तथा रुपक भेट फार्मा, ६४ पोइन्ट रगत संकलन

जन्मदिनलाई बनाए सामाजिक सेवाको अवसर, पत्रकार अधिकारीद्वारा बिरामीलाई आर्थिक सहयोग

बजेटमाथि अमरेशकुमार सिंहको टिप्पणी- ठुलो फुकिएको बेलुन हो, कार्यान्वयन हुँदैन

करका दर चुहावट भएको प्रमाणित भए सार्वजनिक जीवन नै छोड्न तयार छु : अर्थमन्त्री

अभावबाट अवसरसम्म : आफ्नै माटोमा सुन फलाउने सुदिपको प्रेरणादायी यात्रा

मेरुदण्डको गम्भीर चोटका कारण तीन वर्षदेखि थलिएका प्रकाश घिमिरेलाई सहयोगको अपिल

लुम्बिनी प्रदेशका नवनियुक्त ५ मन्त्रीले लिए सपथ

आइतबारको बिदा हटाउने तयारीमा कोसी सरकार

वन तथा वातावरण संरक्षण साझा दायित्व : मुख्यमन्त्री आचार्य

रोल्पामा जीप दुर्घटना हुदा तीन जनाको मृत्यु

लुम्बिनीमा एमालेका चार मन्त्रीले दिए राजीनामा

भर्खरै

  • अत्यधिक गर्मीपछि कपिलवस्तु नगरको निर्णय, विद्यालय ४ दिन बिदा

  • १९ औँ नगरसभा सम्पन्न, बाणगंगाले पारित गर्‍यो २ अर्ब ३३ करोडको बजेट

  • लुम्बिनी प्रदेश सभा बैठक स्थगित,मंगलबार दिउँसो ३ बजे बस्ने

  • म ट्रम्पको आदेशमा काम गर्दिन : इजरायली प्रधानमन्त्री नेतान्याहू

  • रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको दोस्रो दिन सुरक्षमा कडाइ (तस्बिरसहित)

  • रुकुम पूर्वका समिर पुन बने ‘प्रथम लुम्बिनी लोकतारा–२०८३’

  • कक्षा १२ को नतिजा सार्वजनिक

  • अब अनलाइनबाटै डाउनलोड गर्न सकिने भयो ई–राष्ट्रिय परिचयपत्र

  • विश्वकपमा अब रोनाल्डो मात्र

  • पत्रकारको भूमिका र जिम्मेवारीबारे जोड, रचनात्मक पत्रकारिताको खाँचो : नगर प्रमुख अर्याल


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech