[sharethis-inline-buttons]

३१ साउन, चितवन । कुखुराको सुलीबाट ६२ केभीएको जेनेरेटर चलिरहेको छ भन्ने सुन्दा अचम्म  लाग्न सक्छ । पूर्वी चितवनका व्यवसायी अर्जुन अर्यालले आफ्नै फर्ममा संकलन भएको कुखुराको सुलीबाट बिजुली उत्पादन गरी नयाँ कामको समेत शुरुवात गरेका छन् ।

उत्पादित बिजुली कुखुराका खोरमा प्रयोग गरिएको छ । उनका अनुसार सुलीबाट मासिक एक लाख हाराहारीको विद्युत् उत्पादन भएको छ ।

खैरहनी नगरपालिका–१ ज्यामिरेमा रहेको अन्नपूर्ण पोल्ट्री बिडर्स फार्म प्रालिमा जडित बायोग्यास प्लान्टबाट विद्युत् उत्पादन हुँदै आएको हो । फार्मले ६२ केभीएको जेनेरेटर ग्यासबाटै सञ्चालनमा ल्याएको छ ।


प्रकाशित : २०७८ श्रावण ३१, आईतवार ०७:५६