लुदअ, कपिलवस्तु
नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल कपिलवस्तु र अनेरास्ववियु कपिलवस्तुको आयोजनामा भाद्र २ गते बुधबार गोरुसिङेमा बिरोध पर्द्शन हुने भएको छ ।
देउवा सरकारले दल बिभाजन सम्बन्धि अध्यादेस जारी गरेर प्रतिगामी कदम चालेको भन्दै बिरोध कार्यक्रमका आयोजना गर्न लागिएको अनेरास्ववियुका केन्द्रिय सदस्य बिकास आचार्यले जानकारी दिनुभयो । भाद्र २ गते दिउसो ३ बजे गोरुसिगेमा पर्द्शन कार्यक्रम राखिएको छ । यस्तै देशैभर युवा संघ र अनेरास्ववियुले बिरोधका कार्यक्रम गरिरहेका छन ।
पटक पटक रास्ट्रघाती काम गर्दै आइरहेको देउवा सरकारले अफ्गानस्थानमा फसेका नागरिकको उद्दारमा ध्यान नदिइ देशमा अस्थिरता फैलाउने मानसिकताले अध्यादेश ल्याइएको भन्दै चर्को आलोचना भएको छ ।
युवा संघ र अनेरास्ववियुको केन्द्रिय सर्कुलर अनुसार बिरोध कार्यक्रम राखिएको युवा सघ केन्द्रिय सद्स्य गोपाल मणि ज्ञवाली र अनेरास्ववियु केन्द्रिय सदस्य बिकास आचार्य ले जिल्ला स्तरीय बिरोध कार्यक्रम गोरुसिङेमा हुने जानकारी गराउनुभएको हो ।