भ्वाइस अफ नेपालका फाइनलिष्ट पुनलाई बुटवलमा सम्मान

ByLumbini Darpan Online

३ भाद्र २०७८, बिहीबार ०८:२८ ३ भाद्र २०७८, बिहीबार ०८:२८ ३ भाद्र २०७८, बिहीबार ०८:२८

बुटवल , भदौँ ३

भ्वाइस अफ नेपालका फाइनलिष्ट गोविन पुनलाई बुटवलमा सम्मान गरिएको छ । आज उनलाई रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेश कार्यालयमा एक कार्यक्रमका बीच सम्मान गरिएको हो । उनलाई संगितकार सुरेश सेञ्चुरी, नेपाल लोक दोहोरी प्रतिष्ठान लुम्बिनी प्रदेशका उपाध्यक्ष दिपु मगर, चर्चित गायिका मञ्जु पौडेल, क्लबका अध्यक्ष रामकुमार क्षेत्री लगाएतले टिका र खादाले सम्मान गरेका हुन् ।

नेपाल लोक दोहोरी प्रतिष्ठान लुम्बिनी प्रदेशका उपाध्यक्ष दिपु मगरले राज्यबाट संगित क्षेत्र हेपिएको बताए । उनले खुबी हुँदाहुँदै पनि आर्थिक अवस्थाले गोविन पुन पछाडि परेको दुखेसो गरे । सो अवसरमा चर्चित गायिका मञ्जु पौडेल, गायक बसन्त क्षेष्ठ लगाएतले गोविन पुनको प्रशंसा गरेका थिए ।

गोविन पुनले कार्यक्रमको अबसरमा भ्वाइस अफ नेपालमा लुम्बिनी प्रदेशबाट पहिलो पटक फाइलिष्टसम्म पुगेको गर्व लागेको बताए । पुनले आफूलाई ट्रफिको लोभ नभएपनि परिवार र शुभचिन्तकको लागि अन्तिमसम्म प्रयास गरेको बताए । उनले आफ्ना शुभचिन्तकहरुलाई निरास नहुन आग्रह गर्दै आफुले छिट्टै आफ्ना सिर्जनाहरु संगितको मार्फतबाट बाहिर ल्याउने समेत जानकारी दिए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *