काठमाडौं, भदौ ३
पछिल्लो २४ घण्टामा देशभर थप ३ हजार ४०३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि हुदा २ हजार १०४ जना संक्रमणमुक्त भएका छन् । १६ हजार ८३८ जना गरिएको परीक्षणमा ३४ सय बढीमा संक्रमण देखिएको हो ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४२ रहेको छ । नेपालमा हालसम्म १० हजार ३९६ जनाको मृत्यु भैसकेको छ ।हाल नेपालमा ४० हजार ३३८ जना सक्रिय संक्रमित रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।




















