
काठमाडौं ,भदौँ ४
नेपालमा शुक्रबार थप ३ हजार ४२ जनामा कोरोना संक्रमण पुष्टि हुदा २ हजार २ सय ४४ संक्रमित कोरोनामुक्त भएका छन । देशभर गरिएको १० हजार ५३० पिसिआर परिक्षणका क्रममा २ हजार ७९ र ७ हजार १ सय २४ एन्टीजेन परिक्षणका क्रममा ९६३ जनामा कोरोना पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख २३ हजार ६४७ पुगेको छ ।
त्यस्तै कोरोनाका कारण थप २६ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा १० हजार ४५५ जनाले कोरोनाका कारण ज्यान गुमाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हाल नेपालमा ४० हजार ३०९ सक्रिय संक्रमित आइशोलेशल र ४४६ जना क्वारेन्टाइनमा छन् ।

