आज देशभर २ हजार ७५ जनामा कोरोना संक्रमण पुष्टि, २ हजार ३८२ जना जना निको ३० जनाको मृत्यु

[sharethis-inline-buttons]

काठमाडौं, भदौँ ४

पछिल्लो २४ घण्टामा थप २ हजार ७५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि हुदा २ हजार ३८२ जना जना निको भएका छन।

कुल १३ हजार ७५ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट १ हजार ४२४ र एन्टिजेन विधिबाट ६५१ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।
त्यस्तै , आज कोरोना संक्रमणबाट ३० जनाको मृत्यु भएको छ।यो सँगै कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १० हजार ४ सय ८५ पुगेको छ।

 


प्रकाशित : २०७८ भाद्र ५, शनिबार १२:२६