
काठमाडौं , भदौ ५
आगामी अक्टोबरमा माल्दिभ्समा हुने १३ औं संस्करणको साफ च्याम्पियनसिपको खेलतालिकामा हेरफेर भएको छ । यसअघि अक्टोबर १ देखि १३ सम्म हुने भनिएको साफ अब अक्टोबर १ देखि १६ सम्म हुनेछ ।परिवर्तिन खेलतालिका अनुसार अक्टोबर १ अर्थात असोज १५ गते उद्घाटन खेलमा नेपालले घरेलु टोली माल्दिभ्ससंग नै खेल्नेछ ।पछिल्लो साफपछि नेपाल र माल्दिभ्स साफमै फेरि भिड्न लागेका हुन् ।नेपालले खेल्ने अन्य खेलको मिति भने हेरफेर भएको छ । अब नेपालले दोस्रो खेल अक्टोबर ४ अर्थात असोज १८ गते श्रीलंकासंग खेल्नेछ ।
यस्तै तेस्रो खेल भारतसंग अक्टोबर १० अर्थात असोज २४ गते खेल्नेछ भने चौथो खेल अक्टोबर १३ अर्थात असोज २७ गते बंगलादेशसंग खेल्नेछ ।भुटान र पाकिस्तान सहभागी नभएकोले यस पटक साफमा ५ टिमले प्रतिस्पर्धा गर्नेछन् र राउण्ड रोविन लिगका आधारमा खेल हुनेछ ।लिगपछि शीर्ष दुई टिमबीच फाइनल खेल हुनेछ । फाइनल अक्टोबर १६ अर्थात असोज ३० गते हुनेछ ।

