झापा , भदौँ , ७
झापाको कनकाई नगरपालिका(१ रमाइलो टोलमा एकै परिवारका तीन जनाले आत्महत्या गरेका छन । आत्महत्या गर्नेमा ४० वर्षीय रवीन विश्वकर्मा, उनकी २९ वर्षीया श्रीमती मुना विश्वकर्मा र आठ महिनाकी छोरी रुविना विश्वकर्मा रहेको र उनीहरुलाई आफ्नै घरभित्र आज बिहान झुण्डिएको अवस्थामा फेला पारेकोजिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
मृतक रवीन वैदेशिक रोजगारीमा जानका लागि केही दिन पहिले काठमाडौंसम्म गएको तर कोरोना पोजेटिभ देखिएका कारण फर्किएर आएको स्थानीयवासीले बताएका छन । स्थानीयवासीका अनुसार रवीन वैदेशिक रोजगारमा स्थानीय युवालाई पठाउने एजेन्टका रुपमा काम गर्दै आएका थिए । आत्महत्या गर्नुपर्ने कारण खुल्न नसकेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




















