काठमाडौं , भदौँ , ७
नेपालमा पछिल्लो २४ घण्टामा १८०१ जनामा कोरोना संक्रमण पुष्टि हुदा १९२४ जना कोरोना संक्रमण मुक्त भएका छन् ।
पछिल्लो २४ घन्टामा देशभर ८ हजार ७०४ आरटी पिसिआर र २ हजार ६२२ एन्टिजेन गरी कुल ११ हजार ३२६ जनामा परीक्षण गरिएकोमा १ हजार ८०१ जनामा कोरोना संक्रमण पुष्टि भएको सोमबारको प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।योसँगै नेपालमा कुल संक्रमितको संख्या पीसीआरबाट ७ लाख ४८ हजार ९८१ र एन्टिजेनबाट ८० हजार ४६२ जना पुगेको छ ।
आज संक्रमणबाट थप २४ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १० हजार ५३३ पुगेको छ ।




















