
हरि आचार्य, कपिलवस्तु
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कपिलबस्तु निर्बाचन क्षेत्र ३ अन्तर्गत शिबराज नगरपालिका र बिजयनगर गांउपालिकाको संयुक्त अधिबेश चनौटाको मन्दिरमा सम्पन्न भएको छ । अधिबेशनले शिबराजनगर अध्यक्षमा राम बहादुर रायमाझी उपाध्यक्ष उत्तम चौधरी, सबित्रा आर्चाय लगायत २४ सदस्य नगर कार्यसमिति र हनुमान प्रसाद यादबको अध्यक्षता ११ सदस्य बिजयनगर गांउपालिका समिति निर्बिरोध चयन गरेको छ ।
अधिबेशनमा बोल्दै पार्टिका केन्दिय सदस्य ध्रुब बहादुर रायमाझिले हिन्दुत्व, सबैधानिक राजसंस्था सघियताको खारेजीको एजेन्डा साना र प्रमुख ठुला दल सबैमा बहसको बिषय हुन थालेकोले र यि एजेन्डा प्रति जनताको समर्थन पनि रहेकोले पार्टिले लिएको यि मुद्दा जनताको घर दैलो सम्म पुराई बुझाउन नयां समितिले काम गर्न निर्देशन दिएका थिए ।
जिल्ला अध्यक्ष नारायण बहादुर सिङ्ले अहिले मुलुकमा बिचार हिसाबले राप्रपा एकातिर अन्य दल अर्को तिर रहेकोले यि बिषयमा जनमत सग्रंह गर्ने हो भने राप्रपाको बिचार अहिले नै जित भएको बताए ।
अधिबेशनलाई पार्टिका केन्दिय दिनेश चन्द्र गुप्ता टुकोनका केन्दिय उपाध्यक्ष राजन अधिकारी, भिस्म बन्जाडे लागयतले मन्तब्य राखेका थिए ।
क्षेत्र नम्बर १का अध्यक्ष प्रकाश भुषाल ३ का प्रताप सिङ चौधरी प्रदेश सदस्य टेक बहादुर बस्नेत नगर अध्यक्ष गिरिराज कडेल मायादेबि गांउपालिका रमाकान्त कुर्मि कृस्णा नगर अध्यक्ष जय प्रकाश गुप्ता ,प्रदेश सभा अध्यक्ष सुरेन्द्र मौरिया गणेश थापाको उपस्थितिमा सम्पन्न अधिबेशनको संन्चालन प्रेम शकंर शुक्ल र अध्यक्षता राम बहादुर रायमाझीको रहेको थियो ।

