के हुन् कोरोनाका नयाँ भेरिअन्टहरू ?

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

काठमाडौँ

कोभिड(१९ को डेल्टा भेरिअन्ट फैलिएपछि चीनसहित केही देशमा कोरोनाभाइरस पुनः चिन्ताको विषय बनेको छ। चीनमा १० दिनको अवधिमा तीन सयभन्दा बढी मानिसमा सङ्क्रमण पुष्टि भएको थियो। हाल चीनमा सङ्क्रमणको परीक्षण बढाइएको छ र यात्रामा पनि प्रतिबन्ध कडा गरिएको छ।

के हो कोरोनाभाइरसको डेल्टा भेरिअन्ट ?
विश्वभर फैलिएको कोरोनाभाइरसको हजारौँ प्रकार अर्थात् भेरिअन्ट छन्।

तीमध्ये डेल्टा या द्य।ज्ञ।टज्ञठ।द्द भेरिअन्ट एक हो जुन संसारका अधिकांश देशहरूमा तीव्र गतिमा फैलिरहेको छ। यूकेमा यो भेरिअन्टको प्रभाव अधिक रहेको मानिएको छ। त्यहाँ डेल्टालाई ‘भेरिअन्ट अफ कन्सर्न’ अर्थात् चिन्ताको भेरिअन्टका रूपमा वर्गीकृत गरिएको छ र स्वास्थ्य अधिकारीहरूको सूक्ष्म निगरानीमा राखिएको छ।

भेरिअन्ट अफ कन्सर्नको सूचीमा रहेका अन्य कोरोनाभाइरसहरू यस प्रकारका छन

अल्फा ९द्य।ज्ञ।ज्ञ।ठ०स् जुन पहिलो पटक यूकेमा पहिचान भएको थियो र विश्वका पचासभन्दा बढी देशहरूमा फैलिएको छ,
बीटा ९द्य।ज्ञ।घछज्ञ०स् पहिलो पटक दक्षिण अफ्रिकामा पहिचान भएको र हाल यूकेसहित कम्तीमा बीस देशमा फैलिएको छ, र
गामा ९ए।ज्ञ०स् पहिलो पटक ब्रजिलमा पहिचान भएको थियो र हाल यूकेसहित दशभन्दा बढी देशहरूमा पुष्टि भएको छ।
भाइरसहरू उत्परिवर्तित भइरहन्छन् र अधिकांश परिवर्तनहरूको महत्त्व हुँदैन। परिवर्तित स्वरूपका केही प्रकारले भाइरसलाई नै असर पार्छन्। केहीले भने भाइरसको असली स्वरूपविरुद्ध हाबी हुँदै भाइरसका कारण रोगलाई अझै सङ्क्रामक र भयावह बनाउँछन्।

के डेल्टा भेरिअन्ट बढी जोखिमपूर्ण हो ?
ठूलो सङ्ख्यामा सङ्क्रमितहरू गम्भीर बिरामी हुनुको कारण डेल्टा या कोरोनाभाइरसको अन्य कुनै भेरिअन्ट हो भन्ने यथेष्ट प्रमाण छैन। भाइरसको पहिलो संस्करणको जोखिम भने वृद्धवृद्धा र दीर्घकालीन स्वास्थ्य समस्या भएकाहरूमा बढी रहन्छ।

तर पनि यदि कुनै भेरिअन्ट बढी सङ्क्रामक छ भने त्यसले हालसम्म कोभिड(१९ विरुद्ध खोप नलगाएको जनसङ्ख्याको मृत्युदर बढाउने देखिन्छ। खोपहरूले कोभिड(१९ सँगै देखिने गम्भीर रोगहरूविरुद्ध र चिन्ताको भेरिअन्टका कारण हुने सङ्क्रमणविरुद्ध उच्च सुरक्षा प्रदान गर्छन्। खोपले सङ्क्रमणको जोखिमलाई पनि कम गर्छ तर सङ्क्रमणलाई शतप्रतिशत रोक्ने काम भने गर्दैन।

चीनमा हालसम्म एक अर्ब ६० करोड मात्रा खोप वितरण भएको त्यहाँका अधिकारीहरूले बताउँछन् तर कति चिनियाँ नागरिकले दुवै मात्रा खोप लगाए भन्ने प्रस्ट छैन। भाइरसका विभिन्न प्रकार देखिए पनि सङ्क्रमणको जोखिमबाट बच्ने उपाय भनेको हात धुनु, दूरी कायम राख्नु, मुख छोप्नु र हावाको बहावबारे सतर्क रहनु नै हो।

कस्तो छ भेरिअन्टहरूको असर

कोरोनाभाइरसका सबै ‘चिन्ताका भेरिअन्ट’हरूको परिवर्तन बाहिरी सतहमा हुने प्रोटिनको बनोटमा देखिएको छ जुन सङ्क्रमणको बेला मानव कोशिकासँग जोडिन्छ। तीमध्ये डेल्टा भेरिअन्टमा महत्त्वपूर्ण परिवर्तन देखिएको छ। जस्तैस् ीद्धछद्दच् एउटा यस्तो परिवर्तन हो जसले भाइरसलाई सहजै फैलने बनाउन सक्छ।

तर यसले सङ्क्रमितलाई गम्भीर रोगी बनाउँछ वा वर्तमान खोपहरूलाई कम प्रभावकारी बनाउन सक्छ भन्ने कुराको कुनै प्रमाण नभएको यूकेका अधिकारीहरूले बताएका छन्। अल्फा, गामा र बीटा भेरिअन्टबाट उत्परिवर्तन भएको ल्छण्ज्ञथ् ले भाइरसलाई फैलन र कोशिकामा सङ्क्रमण गर्न बढी सघाउँछ। बीटा र गामाको प्रमुख उत्परिवर्तन भ्द्धडद्धप् ले भाइरसलाई मानिसको शरीरको प्रतिरक्षा प्रणालीअन्तर्गतका केही सुरक्षा संयन्त्र छल्न सहयोग पुर्‍याउन सक्छ।

के खोपहरूले नयाँ भेरिअन्टविरुद्ध काम गर्छ
हाल प्रयोग भइरहेका खोपहरू कोरोनाभाइरसको पहिलो संस्करणविरुद्ध बनाइएको थियो। त्यसैले वर्तमान खोपले नयाँ भेरिअन्टहरूविरुद्ध राम्रोसँग काम नगर्न सक्छ। विज्ञहरूले भने ती खोपले अझै पनि गम्भीर रोग र मृत्युको सम्भावनालाई कम गर्ने बताएका छन्।

ब्रिटेनको पब्लिक हेल्थले गरेको एक विश्लेषणका अनुसार फाइजर वा आस्ट्राजेनेका खोपको दुई मात्रा डेल्टा भेरिअन्ट सङ्क्रमितलाई अस्पताल भर्ना हुनबाट जोगाउन ९० प्रतिशतभन्दा बढी प्रभावकारी छ। सोही खोपको एक मात्रा डेल्टा सङ्क्रमितको तुलनामा अल्फा सङ्क्रमितमा बढी प्रभावकारी देखियो। चिकित्सकहरूले हाल पुष्टि भएका र उत्परिवर्तन भइरहेका भेरिअन्टबाट जोगिन खोपको दुवै मात्रा लगाउनु अत्यावश्यक भएको बताएका छन्। भाइरसका नयाँ स्वरूपविरुद्ध काम गर्न हालका खोपहरूलाई नै पुनः डिजाइन गर्न सकिनेमा विज्ञहरू ढुक्क छन्।

यूके सरकारले बायोफार्मास्यूटिकल कम्पनी क्योरभ्याकसँग भावी भेरिअन्टविरुद्ध खोपको विकास गर्ने सम्झौता र पाँच करोड मात्राको अग्रिम माग गरेको छ। यी खोपहरू भेरिअन्टहरू कसरी विकास हुन्छन् भन्ने अवस्था हेरेर वृद्धवृद्धा र जोखिममा रहेका समूहलाई उपलब्ध गराउन सकिने बताइएको छ। बीबीसी


प्रकाशित : २०७८ भाद्र ८, मंगलवार ०९:०२