ताजा अपडेट

लक्ष्मणघाट सामुदायिक वनको २८ औँ साधारणसभा सम्पन्न

इटहरीमा अत्याधुनिक ७२० किलोवाट चार्जर सञ्चालनमा, एकैपटक १५ विद्युतीय गाडी चार्ज गर्न सकिने

प्रस्तावित १३ राजदूतको संसदीय सुनुवाइ सुरू

प्रधानमन्त्री राहत कोषमा १५ अर्ब ५३ करोड मौज्दात

शान्ति दिवसकाे अवसरमा १० बुदे बुद्धभूमि घाेषणा पत्र जारि

पोखरा जोडियो अन्तर्राष्ट्रिय आकाशमा, फ्लाई दुबईको पहिलो उडान

कपिलवस्तु ठाकुरापुरको मानवीय पहल : आमा समूह र युवा क्लबले विपद् कोषमा ४५ हजार दिए

लोक भजन–चुड्का संरक्षणमा जुट्यो प्रतिष्ठान, बाणगङ्गा कार्यसमिति गठन; अध्यक्षमा गोविन्द घिमिरे

चाडपर्वको मुखमा श्रृङ्गिघाट वनद्वारा वन संरक्षणसँगै उपभोक्तालाई रोजगारी प्रदान

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

राष्ट्रिय खेलकुद : पूर्वाधार निर्माणलाई बजेट

लुम्बिनी दर्पण २०७८ भाद्र ८, मंगलवार १०:३२
[sharethis-inline-buttons]

कास्की , भदौँ ८

गण्डकी प्रदेशमा गत वर्षको फागुनमा तय भएको नवौँ राष्ट्रिय खेलकुद कोरोना भाइरसको महामारीका कारण आयोजना हुन सकेन । विसं २०७६ वैशाखमा लुम्बिनी प्रदेशमा आठौँ राष्ट्रिय खेलकुदको समापनपछि नवौँ आयोजनाको जिम्मेवारी गण्डकीले पाएको थियो । अघिल्लो वर्ष कोरोनाले प्रतियोगिता रोकिएकाले यस वर्ष आयोजना गर्ने योजना राष्ट्रिय खेलकुद परिषद् ९राखेप०को छ ।

प्रतियोगिताको आयोजना कोभिड–१९ को प्रभावमा निर्भर रहने राखेपले जनाएको छ । प्रतियोगिता यसै वर्ष हुनेरनहुने यकिन नभए पनि प्रतियोगिता लक्ष्य गरेर खेल पूर्वाधार निर्माणका लागि बजेट विनियोजन गरिएको छ । राष्ट्रिय खेलकुदको मुख्य आयोजनास्थल पोखरा रङ्गशालासहित प्रदेशका अन्य जिल्लामा खेल पूर्वाधार निर्माणका लागि रु १६ करोड ४५ लाख बजेट विनियोजन गरिएको क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मण योगीले जानकारी दिए ।

कूल विनियोजित बजेटमा पोखरा रङ्गशालामा मात्रै रु १५ करोड छ । पोखरा रङ्गशालाभित्र हिटिङ स्वीमिङ पुल ९पौडी पोखरी०का लागि रु छ करोड बजेट यस वर्ष परेको छ । सुटिङका लागि रु दुई करोड विनियोजन गरिएको छ । यसैगरी फुटबल स्टेडियमा ‘फ्लड लाइट’ जडानका लागि रु पाँच करोड, रङ्गशालामा होभरहेड ट्याङ्की रु एक करोड र पोखरा क्रिकेट मैदानका लागि रु एक करोड यस वर्ष राखेपको रातो किताबमा परेको कार्यालय प्रमुख योगीले जानकारी दिए ।

“कोरोनाका कारण गत वर्ष सम्पन्न हुन नसकेको राष्ट्रिय खेलकुद यस वर्ष सम्पन्न गर्ने योजना राखेपको छ”, योगीले भने, “सोहीअनुसार खेल पूर्वाधार निर्माणका लागि बजेट विनियोजन भएको छ, छिट्टै बोलपत्र आह्वान भएर कार्यान्वयन गछौँ ।” पोखरा रङ्गशालामा अधिकांश खेलका पूर्वाधार तयारी अवस्थामा रहेकाले पनि प्रतियोगिता आयोजनालाई समस्या नपर्ने बताइन्छ । पौडी पोखरी, सुटिङ र हक्कीबाहेका अन्य खेलका पूर्वाधारको समस्या पोखरामा छैन ।

राष्ट्रिय खेलकुदका लागि पूर्वाधार निर्माणमा बजेट अभाव भएमा यसबाहेक पनि थप बजेट प्राप्त हुने योगीको भनाइ छ । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता मर्मत तथा निर्माण शीर्षकमा रु ५० लाख छुट्याइएको छ । गण्डकी प्रदेशका ११ वटै जिल्लामा कम्तीमा एउटा खेल सञ्चालन गर्ने राखेपले योजना बनाएको छ । पोखरा रङ्गशालाबाहेक अन्यत्र जिल्लास्तरमा आवश्यक पूर्वाधार निर्माण तथा स्तरोन्नतिका लागि यस वर्ष बजेट छुट्याइएको छ ।

पर्वत, मनाङ र मुस्ताङमा कभर्डहलका लागि रु १० लाखका दरले बजेट विनियोजन गरिएको छ । स्याङ्जामा खेल पूर्वाधारका लागि रु १० लाख, नवलपरासीको कावासोती रङ्गशालाका लागि रु १० लाख, तनहुँको चिन्नुटार, म्याग्दीको रत्नेचौर, लमजुङको राइनास र गोरखा रङ्गशालाका लागि रु १० लाखका दरले राखेपबाट बजेट विनियोजन भएको क्षेत्रीय खेलकुद विकास समितिले जनाएको छ । (रासस


प्रकाशित : २०७८ भाद्र ८, मंगलवार १०:३२

लुम्बिनी दर्पण

लेखकबाट थप

  • लक्ष्मणघाट सामुदायिक वनको २८ औँ साधारणसभा सम्पन्न
  • उपभोक्ता स्वास्थ्यलाई प्राथमिकता दिँदै बाणगंगामा श्रीनगरको स्मार्ट फ्रेस हाउस
  • बनगाईमा आयोजित भजन सन्ध्या : बाढीपीडितलाई २ लाख ७१ हजार सहयोग
  • प्रहरीकै संरक्षणमा बाणगंगामा देह व्यापार
  • एकता अधुरै, भेला धमाधम : कपिलवस्तु नेकपामा चर्कियो विवाद
प्रतिक्रिया

यो पनि पढौँ

लक्ष्मणघाट सामुदायिक वनको २८ औँ साधारणसभा सम्पन्न

प्रस्तावित १३ राजदूतको संसदीय सुनुवाइ सुरू

प्रधानमन्त्री राहत कोषमा १५ अर्ब ५३ करोड मौज्दात

शान्ति दिवसकाे अवसरमा १० बुदे बुद्धभूमि घाेषणा पत्र जारि

पोखरा जोडियो अन्तर्राष्ट्रिय आकाशमा, फ्लाई दुबईको पहिलो उडान

लोक भजन–चुड्का संरक्षणमा जुट्यो प्रतिष्ठान, बाणगङ्गा कार्यसमिति गठन; अध्यक्षमा गोविन्द घिमिरे

चाडपर्वको मुखमा श्रृङ्गिघाट वनद्वारा वन संरक्षणसँगै उपभोक्तालाई रोजगारी प्रदान

एमाले कपिलवस्तुको बैठक : बाढीपीडितलाई सहयोग, जनप्रतिनिधिमाथि कारबाही सिफारिस

अर्थमन्त्री डा. वाग्ले आज तीन दिने भारत भ्रमणमा जाँदै

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्थामा सर्वोच्चको रोक

प्रधानमन्त्री बालेन र कार्यवाहक अमेरिकी राजदूत मेगनबीच भेटवार्ता

उपभोक्ता स्वास्थ्यलाई प्राथमिकता दिँदै बाणगंगामा श्रीनगरको स्मार्ट फ्रेस हाउस

भर्खरै

  • लक्ष्मणघाट सामुदायिक वनको २८ औँ साधारणसभा सम्पन्न

  • इटहरीमा अत्याधुनिक ७२० किलोवाट चार्जर सञ्चालनमा, एकैपटक १५ विद्युतीय गाडी चार्ज गर्न सकिने

  • प्रस्तावित १३ राजदूतको संसदीय सुनुवाइ सुरू

  • प्रधानमन्त्री राहत कोषमा १५ अर्ब ५३ करोड मौज्दात

  • शान्ति दिवसकाे अवसरमा १० बुदे बुद्धभूमि घाेषणा पत्र जारि

  • पोखरा जोडियो अन्तर्राष्ट्रिय आकाशमा, फ्लाई दुबईको पहिलो उडान

  • कपिलवस्तु ठाकुरापुरको मानवीय पहल : आमा समूह र युवा क्लबले विपद् कोषमा ४५ हजार दिए

  • लोक भजन–चुड्का संरक्षणमा जुट्यो प्रतिष्ठान, बाणगङ्गा कार्यसमिति गठन; अध्यक्षमा गोविन्द घिमिरे

  • चाडपर्वको मुखमा श्रृङ्गिघाट वनद्वारा वन संरक्षणसँगै उपभोक्तालाई रोजगारी प्रदान

  • एमाले कपिलवस्तुको बैठक : बाढीपीडितलाई सहयोग, जनप्रतिनिधिमाथि कारबाही सिफारिस


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech