प्रदेश १ को मुख्यमन्त्री बन्ने तयारीमा रहेका आचार्यका भाइ मृत फेला

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

काठमाडौं , भदौँ १०

प्रदेश १ का मुख्यमन्त्री बन्ने तयारीमा रहेका भिम प्रसाद आचार्यका भाइ राम प्रसाद आचार्य मृत रुपमा फेला परेका छन । आज बिहान ५९ वर्षीय आचार्य ओछ्यानमै मृत भेटिएका जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ ।कोठाको ढोकाको चुक्कुल भित्रबाट लगाएको अवस्थामा ओछ्यानमै लडिरहेको अवस्थामा आचार्यको शव फेला परेको प्रहरीको भनाइ छ ।सो घटना प्रहरीले बिहान साढे १० बजेतिर थाहा पाएको हो ।

सुनसरीको इनरुवा नगरपालिका(३ स्थित आफ्नै घरको सुतेकै ओछ्यानमा मृत अवस्थामा आचार्यलाई फेला पारिएको सुनसरी प्रहरीका प्रवक्ता डीएसपी नरेन्द्र कार्कीले जानकारी दिए ।

मुधमेह, उच्च रक्तचाप र डिप्रेशनको पुरानै समस्या रहेको बताइएको छ । घटनालगत्तै प्रहरी टोलीले आचार्यको घरमा पुगेर घटनाको अनुसन्धान थालेको छ । स्रोतका अनुसार कान्छा भाइको निधन भए पनि मुख्यमन्त्री बन्ने तयारीमा रहेका भीम आचार्यलाई घटनाको जानकारी गराइएको छैन ।


प्रकाशित : २०७८ भाद्र १०, बिहीबार ०६:५३