काठमाडौं, भदौ १२
पछिल्लो २४ घण्टामा थप १ हजार ८५७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि हुदा २ हजार २२२ जना कोरोना संक्रमणबाट मुक्त भएका छन्। आज देशभरका विभिन्न प्रयोगशालामा गरिएको ३ हजार १७६ जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् ।
आज थप २७ जनाले कोरोना संक्रमणबाटज्यान गुमाएका छन्। योसँगै मृत्यु हुनेको संख्या १० हजार ६९० पुगेको छ।हाल नेपालमा सक्रिय संक्रमित ३६ हजार ८६६ सय छन् ।




















