
बुटवल १३ भदौ
अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढीपहिरो र डुबानमा परी ९१ जनाको मृत्यु भएको छ । यो तथ्यांक गत जेठ ३० गतेदेखिको हो । प्रहरीकाअनुसार मृत्यु हुनेहरूमा ४६ जना पुरुष, २३ जना महिला, १० जना बालक र १२ जना बालिका रहेका छन् । बाढीपहिरो र डुबानमा परी उक्त अवधिमा १ सय १६ जना घाइते भएका छन्। तीमध्ये ६० जना पुरुष, ३२ जना महिला, १४ जना बालक र १० जना बालिका रहेका छन्। घाइतेहरूलाई स्थानीय अस्पतालमा उपचार गरिएको छ । साथै बाढीपहिरोमा परी २८ जना बेपत्ता भएका छन्। तीमध्ये १७ जना पुरुष, ६ जना महिला, ४ जना बालक र १ जना बालिका रहेका छन्। बेपत्ताको खोजी कार्य जारी छ । बाढीको कारण ३ हजार १ सय ८० वटा घर डुबानमा परेका छन् । ९ सय वटा घर, १ सय ५३ वटा गोठ, ६० वटा पुल, ८ वटा विद्यालय र १४ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ भने १ हजार ८७ वटा पशु चौपायाको मृत्यु भएको छ। उक्त अवधिमा भएका जम्मा १ हजार १ सय ३० वटा विपद्का घटनाबाट १ हजार २ सय ९ वटा घर परिवारका ५ हजार ९ सय २४ जना मानिस विस्थापित भएका छन् ।