
लक्ष्मी पाण्डे
तिलोत्तमा,भदौ १३
नेत्रहिन महिला संघ पारालिगल समिती रुपन्देहीको आयोजनामा भर्चुअलमार्फत तिज गीत प्रतियोगिता सम्पन्न भएको छ । आउदै गरेको महिलाहरुको महान पर्व हरितालिका तिजको अवसर पारेर अन्तरदृष्टि नेपालको सहयोगमा हिजो तिज गीत प्रतियोगिता सम्पन्न भएको हो ।
कार्यक्रममा राष्ट्रिय अपांग मशासंघ लुम्बिनी प्रदेशका अध्यक्ष देवीदत्त आचार्यको प्रमुख आतिथ्यता , अन्तरदृष्टि नेपालकी अध्यक्ष नन्दा सिङ , नेत्रहिन सहिलासंघ सस्थापक अध्यक्ष दलका सल्लाहाकार एव्म ललितपुर महानगर पालिकाका आठौँ तह अधिकृत निरा अधिकारीको विशिष्ट आतिथ्यता , नेपाल नेत्रहिन महिला संघका केन्द्रिय अध्यक्ष सिता सुवेदी , नेपाल नेत्रहिन संघका केन्द्रिय सदस्य शिला घिमिरे , नेत्रहिन युवासंघ रुपन्देहीका अध्यक्ष टिकाराम पौडेल , नेत्रहिन शिक्षक संगठनका अध्यक्ष तथा अधिवक्ता डा। लक्षमण ज्ञवाली , २०७५ सालको पब्लिक स्पीकीङ अर्वाडका विजेता प्रखर प्रवक्ता रमेश प्रसाई दृष्टिविहीन उत्थान संघका अध्यक्ष हुमनाथ अधिकारीको आतिथ्यता रहेको थियो ।
प्रतियोगितामा देशभरका विभिन्न जिल्लाका अपागंता भएका १७ महिलाहरुको सहभागिता रहेको थियो । प्रतियोगितामा महिला अधिकार ् न्याय , सस्कति र त्यसको महत्व र कोरोना महामारी र त्यसले निम्त्याएको असर भन्ने विषयमा केन्द्रित रहेर प्रतियोगीहरुले मौलिकता झल्काउदै आफ्रना गीत प्रस्तुत गरेका थिए । प्रतियोगितामा मेनुका आर्थाय प्रथम ,दिलमाया चौधरी द्धितिय , कस्मिरा हरिजन तृतिय , मिना वि। सी र लक्ष्मी पाण्डे सान्तोना भएका थिए । प्रतियोगीतामा निर्णायकको भुमिकामा गायक तथा सर्जक कमल भट्टाराई र गायिका तारा लामिछाने मगर रहनुभएको थियो ।
सस्थाकी अध्यक्ष निर्मला पाण्डेको अध्यक्षता,सस्थाकी उपाध्यक्ष कुन्ती पौडेलको स्वागत मन्तव्य र सस्थाकी सचिव समिक्षा ज्ञवालीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

