
बुटवल ,भदा्ै १३
रुपन्देहीमा पछिल्लो २४ घण्टामा ३० जना नयाँ कोरोनाका संक्रमित थपिदा ३८ जना संक्रमणमुक्त भएका छन्। पछिल्लो २४ घण्टाको अवधिमा १०२ जनाको कोरोना परीक्षण गरिएकोमा सो संख्या मा संक्रमित थपिएका हुन ।
पछिल्लो २४ घण्टामा बुटवल उपमहानगरपालिका र तिलोत्तमा नगरपालिकाका ९–९ जना, सैनामैना नगरपालिका र सिद्धार्थनगर नगरपालिकामा ५–५ जना, ओमसतिया गाउँपालिका र शुद्धोदन गाउँपालिकामा १–१ जना नयाँ संक्रमित थपिएका स्वास्थ्य कार्यालय रुपन्देहीले जानकारी दिएका छन ।
पछिल्लो २४ घण्टाको अवधिमा कोरोना संक्रमित कसैको पनि मृत्यु भएको छैन् । जिल्लामा हाल कोरोनाका सक्रिय संक्रमितको संख्या ३८२ रहेको छन।

