काठमाडौं ,भदौँ १३
आज १३ सय ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १० हजार २९७ जनामा गरिएको परीक्षणमा १३ सय ८८ जनामा मात्र संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या २२६० रहेको छ । आज देशभर ३५ हजार ७९६ जना सक्रिय संक्रमित रहेका छन् ।
त्यस्तै,पछिल्लो २४ घण्टामा २४ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा १० हजार ७१४ जनाको कोरोना संक्रमणबाट मृत्यु भैसकेको छ ।




















