
काठमाडौँ ,भदौँ१३
स्वास्थ्य मन्त्रालयले नेपालमा ६८।६ प्रतिशतको शरीरमा एन्टीबडी भेटिएको जानकारी दिएको छ ।मन्त्रालयले सातै प्रदेशका हिमाल, पहाड, तराइ, गाउ, शहर, सबै लिंग उमेर, पेशाकर्मीबाट नमुना लिएर यो अनुसन्धान गरेको जनाएको छ ।
मन्त्रालयले एक डोज खोप लगाएकामा ८० प्रतिशत र दुवै डोज खोप लगाएकामा ९० प्रतिशतसम्म एन्टीबडी देखिएको जनाउदै खोप पनि निकै प्रभावकारी देखिएको जनाएको छ ।
मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले गत असार २१ देखि साउन ३० गतेसम्म संकलन गरेको १३ हजार १६१ नमुनाको प्रारम्भिक अनुसन्धानमा ६८।६ प्रतिशतमा कोरोनाविरुद्ध लड्ने एन्टीबडी देखिएको उल्लेख गरेको हो ।