बुटवलको ज्योतिनगरमा पहिरो खस्ने क्रम रोकिएन

[sharethis-inline-buttons]

बुटवल ,भदौँ १४

अबिरल वर्षसंगै खसेको पहिरो र पहिरोसँगै बगेको लेदोले बुटवल उपमहानगरपालिका ३ ज्योतिनगरमा आज पनि क्षति पु¥याउने क्रम जारी छ । हिजो सम्म २ दर्जन बढी घरमा पसेको बाढी आज थप ७ घर भित्र पसेको छ ।

पहिरोले अम्मर विक, सीता थकाली, तुल्सा सुवेदी, यमबहादुर पुन, मन कुमारी शर्मा, इश्वरा पाण्डे र रोशन राणाको घर पुरेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक मदन कुँवरले जानकारी दिएका छन् । कुँवरका अनुसार अन्य २० घरमा पनि ढुंगासहितको लेदो माटो पसेको छ ।

पहिरोले बुटवलको गोलपार्कदेखि लक्ष्मीनगर जाने सडकमा क्षति पुर्‍याउनुका साथै त्यहाँ रहेको बिजुलीको पोल पनि बगाएको छ।


प्रकाशित : २०७८ भाद्र १४, सोमबार ०९:१३