ताजा अपडेट

कोलीय देवदह बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा ३ दिने उद्घोषण तालिम आज देखि सुरु

बहुसरोकार मञ्चद्वारा प्रथम २५७०औँ शाक्य पितृ स्मरण दिवस मनाइने

क्रोएशिया–अमेरिका पठाइदिने भन्दै लाखौं ठगी, तीन जना प्रहरी नियन्त्रणमा

स्व. नेता न्यौपानेको श्रद्धान्जलीका लागि राजमो अध्यक्ष चित्रबहादर केसी कपिलवस्तुमा गरे गम्भिर खुलासा

बालेन बन्दैछन् एसियाकै दोस्रो कान्छा निर्वाचित प्रधानमन्त्री

काठमाडौंमै आठ हजार १९७ मत बदर

लुम्बिनी प्रदेश सभाबाट राजीनामा दिएर चुनाव लडेका तीन पूर्वमन्त्री असफल

जेनजी आन्दोलनमा ‘सेक्युरिटी ल्याप्सेस’ भएको आयोगको निष्कर्ष, कारबाही सिफारिस

सियारी गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेद्वारा कांग्रेसको जिल्ला उपसभापति पदबाट राजीनामा

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

बाढीले बगाएको भविष्य विद्यालयबाट खोला बग्यो, पठनपाठन गराउने कसरी ?

लुम्बिनी दर्पण २०७८ भाद्र १५, मंगलवार ०९:३८
[sharethis-inline-buttons]

मनाङ, भदौँ १५

बाढीपहिराले मनाङ भौतिक संरचनामा पूर्ण रुपमा क्षति पुगेको छ । यसका कारण बालबालिका शिक्षाको अधिकारबाट पनि वञ्चित भएका छन् । गत असार १ गते मस्र्याङ्दी नदीमा आएको बाढीले मनाङका २८ विद्यालयमध्ये चार विद्यालयमा क्षति पुगेको छ ।

जिल्लाका चार माविमा मनाङ ङिस्याङ गाउँपालिका–६ मनाङ गाउँस्थित अन्नपूर्ण मावि मात्रै बाढीबाट जोगिएको शिक्षा विकास तथा समन्वय एकाइ मनाङका प्रमुख नारायणप्रसाद रेग्मीले जानकारी दिए । उनका अनुसार तीन माध्यमिक र एक आधारभूत विद्यालयमा धेरै क्षति पुगेको छ । यी विद्यालयहरुमा पठनपाठन गराउन सक्ने अवस्था नरहेको रेग्मीले बताए ।

जिल्लाका नमूना विद्यालयका रुपमा रहेको लोकप्रिय मावि र प्रकाश ज्योति माविको आधा भाग बाढीले बगाएको छ भने पठनपाठन गर्न सकिने अवस्था नरहेको रेग्मीले बताए । नासों गाउँपालिका–१ ताल गाउँस्थित भानु माविमा हालसम्म पनि मस्र्याङ्दी नदी बगिरहेको छ । ताल गाउँको बस्तीसँगै विद्यालय पनि पूर्ण रुपमा जोखिममा छ ।

चारवटा मात्रै मावि रहेको मनाङका विद्यालयमा खोला पसेपछि विद्यार्थीको भविष्य अनिश्चित बनेको शिक्षाप्रमुख रेग्मीले बताए । “कोरोनासँगै बाढीपहिराको जोखिममा रहेका बालबालिकाको पढाइ सुनिश्चित गर्न सम्बन्धित निकायसँग बारम्बार समन्वय गरिरहका छौँ, बस्ती नै जोखिम रहेको र स्थानान्तरण गर्नुपर्ने भएकाले विद्यालयको भौतिक संरचना कहाँ बनाउने यो विषयमा छलफलकै प्रक्रियामा रहेको छ,” रेग्मीले भने ।

विद्यालयमा अझै पनि नदी बगिरहेको छ, अब बस्ती जता स्थानान्तरण हुन्छ त्यतै बालबालिकाको पठनपाठन गर्ने स्थान पनि निश्चित हुने अपेक्षा गरिएको भानु माविका प्रधानाध्यापक श्यामकृष्ण पन्तले जानकारी दिए । “विद्यालयको भवन हुँदा पठनपाठन रोकियो, कोरोना भाइरसको सङ्क्रमणको जोखिम कम भएर पढाइ हुने बेला विद्यालय भवन नै बाढीले बगायो, अहिले विद्यालयको भवनमा खोला बगिरहेको छ, बालबालिकाको भविष्य र पठनपाठन के होला भन्न सक्ने अवस्था नै छैन,” पन्तले भने ।

त्यस्तै नासों गाउँपालिका–६ थोंचेस्थित डाँडाको टाकुरामा रहेको प्रकाशज्योति माविलाई एकतर्फ मस्याङ्दी नदी र अर्कोतर्फ दूध खोलाले क्षति पु¥याएको छ । १२ कक्षासम्म पढाइ हुने यस विद्यालयमा पठनपाठनका लागि मस्र्याङ्दी नदीमाथिको झोलुङ्गे पुलमार्फत जानुपर्ने भए पनि बाढीले पुल बगाएपछि विद्यालयसम्म पुग्नसमेत सकस भएको विद्यालयका प्रधानाध्यापक पदमराज पन्थीले बताए ।

“छात्रावासमा बालबालिका राख्न सक्ने अवस्था नै छैन, पहिराको जोखिममा कति बेला परिन्छ विद्यालय ढुक्क हुनसक्ने समय छैन, यस्तो अवस्थामा बालबालिकाको भविष्य निर्धारणका लागि सम्बन्धित निकायले समयमै सचेत हुनुपर्छ,” प्रधानाध्यापक पन्थीले भने, “शिक्षक र विद्यार्थी बस्ने स्थान नै सुरक्षित छैन, कहाँ राखेर पठनपाठन गराउने भन्ने हामी पनि चिन्तित छौँ, विद्यार्थी र शिक्षक नै विद्यालयसम्म पुग्न सक्ने बाटो छैन, विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक सङ्घसँग समन्वय गरी समाधान गर्ने प्रयत्नमा छौँ ।”

सदरमुकामस्थित चामे गाउँपालिका–४ स्थित नमूना विद्यालय लोकप्रिय माविको मस्र्याङ्दी नदीमा आएको बाढीले पूर्ण रुपमा क्षति पुगेको छ । छात्रावास सहितको विद्यालयको एक चौथाइ भाग मात्रै बाँकी रहेको छ । कम भाग मात्रै बाँकी रहेको विद्यालयमा राखेर विद्यार्थीको पठनपाठन अगाडि बढाउन सक्ने अवस्था छैन ।

“बाढीको कटानले विद्यालय भवनको एक चौथाइ बाँकी छ, शैक्षिकसत्रको अन्तिम अन्तिमतिर आइसकेका छौँ, कोरोना कहरले शिक्षा क्षेत्रमा धेरै नोक्सान पु¥याएकामा अहिले बाढीपहिराले पनि जोखिम थपिदियो, विद्यार्थीहरुलाई कोरोनाको खोप दिएर पठनपाठन थाल्न सरकारबाट नै आदेश भएमा कहाँ राखेर कक्षा सञ्चालन गर्ने भन्ने चिन्ताको विषय बनेको छ,” लोकप्रिय माविका प्रधानाध्यापक कृष्णदास कोइरालाले भने ।

कोरोनाले थलिएको मनाङको शैक्षिक क्षेत्रमा बाढीले झन् थिलथिलो बनाएको उनले बताए । बाढीपहिराका साथै कोरोना कहर न्यूनीकरण हुँदै जाँदा बालबालिकाको भविष्य निर्माणका लागि पठनपाठन सञ्चालन गर्नुपर्ने हुन्छ तर विद्यालयका भवन नै बाढीपहिराले बगाएपछि मनाङका धेरै विद्यार्थीहरु शिक्षाबाट वञ्चित हुनेछन् ।

वैकल्पिक अध्ययन केन्द्रको खोजी

मनाङको शैक्षिकसत्र सकिने बेलामा सरकारले पठनपाठन गराउन आदेश दिने सम्भावना बढेको छ । यस्तो अवस्थामा मनाङका बालबालिकाले भने पठनपाठनका लागि नै वैकल्पिक शिक्षालयको खोजी गर्न बाध्य भएका छन् ।

यहाँका विद्यालयको भौतिक संरचना बाढीपहिराले बगाएपछि विद्यार्थीहरुले छिमेकी जिल्लाका साथै राजधानी काठमाडौँ र प्रदेश राजधानी पोखरा छनौट गर्नुपर्ने भएको छ । मध्यम वर्गका विद्यार्थीहरुलाई जिल्लाबाहिर पठनपाठनका लागि केही सहज हुने भए पनि विपन्न वर्गका विद्यार्थीलाई सकस भएको स्थानीय अभिभावकहरु बताउँछन् ।

“बालबालिकालाई बाहिरी जिल्लामा राखेर पढाउन धेरै समस्या झेल्नुपर्छ । विद्यालय खोज्नुपर्ने अवस्था हुन्छ । महङ्गा विद्यालयमा भर्ना लिने सम्भावना पनि कम छ । छात्रावासमा राखेर पढाउन सकिँदैन । भाडामा राखेर पढाउँदा बालबालिकालाई खाना, खाजा खुवाउने भन्ने चिन्ता बढेको छ । खोई कसरी बालबालिकाको भविष्य बनाउने भन्ने चिन्ताले सताउँछ । बाढीपहिराले धेरै समस्या थपिएको छ मनाङवासीलाई,” अभिभावक जालमाया गुरुङ भन्छन् ।

भेडाच्याङ्ग्रा पाल्दै घरमै बनेको खाना खुवाएर छोराछोरीको पठनपाठन अगाडि बढाउन सजिलो भएको थियो । अब कता पढाउने, कहाँ राख्ने भन्ने मनमा खेलिरहने गरेको उनले सुनाए । वैकल्पिक अध्ययन केन्द्रका लागि सरकरसँगै सम्बन्धित निकायले समयमा नै योजना निर्धारण गर्न सके मनाङवासीलाई सहज हुने थियो ।

स्थानीय सरकारको लगानी खोलामा

मनाङका स्थानीय तहले शैक्षिक क्षेत्रको विकासका लागि चार वर्षदेखि गरेको लगानी खोलामा बगेको छ । देशमा सङ्घीयता आएपछि मनाङको स्थानीय सरकारले शैक्षिक गुणस्तर सुधार र वृद्धिका लागि गरेको लगानी एकै दिनको बाढीले सकिएको छ ।

मनाङको शैक्षिक गुणस्तर खस्किँदै गएको अवस्थामा सङ्घीयता आएपछि स्थानीय सरकारले प्राथमिकताका साथ शैक्षिक सुधारका लागि योजनाबद्ध रुपमा विकासका योजना ल्याएका थिए । केही प्रगति पनि भएको थियो । पछिल्लो प्रकोपले गर्दा भौतिक संरचनामा क्षति पु¥याएको र स्थानीय तहको लगानी खेर गएकोे छ ।

विद्यार्थी सङ्ख्या कम हुँदा विद्यालयहरुलाई एकापसमा गाभेर शैक्षिकस्तर वृद्धि गरिएको थियो । स्थानीय तहले शैक्षिक क्षेत्रमा ठूलो लगानी गरेकामा अहिले बाढीपहिराले सबै नाश गरेको चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घलेले बताए ।

“प्राथमिकतामा राखेर विद्यालयहरुलाई गाभेर गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले गरिएको लगानी पानीमा बग्यो । अब विद्यालय निर्माण गर्नका लागि मात्रै पनि चार वर्षदेखि गरिएको लगानीभन्दा बढी लाग्छ । स्थानीय तहलाई शैक्षिक क्षेत्रको भौतिक संरचना निर्माणमा लगानी जुटाउनै मुस्किल भयो,” अध्यक्ष घलेले भने ।

स्थानीय सरकारले वर्षैपिच्छे विद्यालयको आवासीय विद्यालय निर्माण गरी मनाङका विद्यार्थीलाई सहज शिक्षा प्राप्त गर्ने वातावरण निर्धारण गरेको थियो तर गत असार १ गते आएको बाढीपहिराले अहिले केही पूर्ण क्षति भएर पठनपाठन गराउन सकिने अवस्थामा छैनन् भने केही विद्यालयमा भौतिक संरचनाको अभाव छ ।

त्यस्तै जिल्लाकै सबैभन्दा बढी क्षति भएको नासों गाउँपालिकाभित्रका तीनवटा विद्यालय पूर्ण क्षति भएका छन् । ती विद्यालय मर्मत र पुनःनिर्माणका लागि बजेट व्यवस्थापन गर्न सक्ने अवस्था गाउँपालिकाको मात्र छैन । शैक्षिक गुणस्तरीयता कायम भएका विद्यालय मस्र्याङ्दीमा आएको बाढीले क्षति पुर्याएपछि विद्यालय सञ्चालन गर्नै मुस्किल भएको नासों गाउँपालिकाका अध्यक्ष चन्द्र घलेले बताए । उनका अनुसार टाढा–टाढाबाट आउने विद्यार्थीलाई सहज बनाउने उद्देश्यले आवासीय विद्यालय बनाइएको थियो ।

६ सय ८१ विद्यार्थी, शिक्षक एक सय ५२

विकट हिमाली जिल्ला मनाङमा जनसङ्ख्याकै आधारमा विद्यार्थी रहेका छन् । जिल्लाका २८ विद्यालयमा अध्ययनरत ६ सय ८१ विद्यार्थी छन् । मनाङमा छात्रको तुलनामा छात्राको सङ्ख्या बढी रहेको शिक्षा विकास तथा समन्वय एकाइ मनाङका प्रमुख नारायणप्रसाद रेग्मीले जानकारी दिए । उनका अनुसार २८ विद्यालयमध्ये चार माध्यमिक तह सञ्चालित छन् भने २४ आधारभूत विद्यालय रहेका छन् । मनाङका दुईवटा विद्यालयमा छात्रवाससहित आवासीय व्यवस्था गरिएको छ । जिल्लामा शिक्षकको सङ्ख्या भने एक सय ५२ रहेको छ ।स्रोत रासस


प्रकाशित : २०७८ भाद्र १५, मंगलवार ०९:३८

लुम्बिनी दर्पण

लेखकबाट थप

  • बहुसरोकार मञ्चद्वारा प्रथम २५७०औँ शाक्य पितृ स्मरण दिवस मनाइने
  • स्व. नेता न्यौपानेको श्रद्धान्जलीका लागि राजमो अध्यक्ष चित्रबहादर केसी कपिलवस्तुमा गरे गम्भिर खुलासा
  • बालेन बन्दैछन् एसियाकै दोस्रो कान्छा निर्वाचित प्रधानमन्त्री
  • काठमाडौंमै आठ हजार १९७ मत बदर
  • लुम्बिनी प्रदेश सभाबाट राजीनामा दिएर चुनाव लडेका तीन पूर्वमन्त्री असफल
प्रतिक्रिया

यो पनि पढौँ

हिलबर्ट स्कुलले फागनु ५ गते १६ औं स्थापना दिवस मनाउँदै

साक्षरबाट शिक्षित प्रदेशतर्फ अघि बढ्छ लुम्बिनी : मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेश साक्षर घाेषणा

ज्येष्ठ नागरिकको हक, अधिकार र निरोगितामा प्रदेश सरकार प्रतिवद्ध छ : मुख्यमन्त्री आचार्य

पौष १५ देखि २६ गतेसम्म १३ औँ शुद्धोदन फर्साटिकर कप–२०८२ आयोजना

हिमालयन रिम फिल्म प्रदर्शनी

बुटवलमा एजुकेशन ट्रि ग्लोवलको नयाँ शाखाः विदेश अध्ययन चाहने विद्यार्थीलाई लक्षित सेवा प्रारम्भ

लुम्बिनी भिजन कलेजका समृद्ध ज्ञवाली जिल्ला प्रथम

महेन्द्र मा. वि काे ६५ औ बार्षिकाेत्सव सम्पन्न

बुद्धभूमि नगरपालिका र प्रो पब्लिकको संयुक्त आयोजनामा मेलमिलाप सम्बन्धी आधारभूत तालिम सम्पन्न

हिलबर्ट स्कुलद्वारा बाणगंगाका मस्तिष्कघात पीडित थापाको उपचारमा आर्थिक सहयोग

सनलाईट स्कुलमा मंसिर ५ र ६ गते वृहत १० औं ‘एस.क्यु.सी.’ (विद्यार्थी गुणीय चक्र) सम्मेलन हुंदै

भर्खरै

  • कोलीय देवदह बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा ३ दिने उद्घोषण तालिम आज देखि सुरु

  • बहुसरोकार मञ्चद्वारा प्रथम २५७०औँ शाक्य पितृ स्मरण दिवस मनाइने

  • क्रोएशिया–अमेरिका पठाइदिने भन्दै लाखौं ठगी, तीन जना प्रहरी नियन्त्रणमा

  • स्व. नेता न्यौपानेको श्रद्धान्जलीका लागि राजमो अध्यक्ष चित्रबहादर केसी कपिलवस्तुमा गरे गम्भिर खुलासा

  • बालेन बन्दैछन् एसियाकै दोस्रो कान्छा निर्वाचित प्रधानमन्त्री

  • काठमाडौंमै आठ हजार १९७ मत बदर

  • लुम्बिनी प्रदेश सभाबाट राजीनामा दिएर चुनाव लडेका तीन पूर्वमन्त्री असफल

  • जेनजी आन्दोलनमा ‘सेक्युरिटी ल्याप्सेस’ भएको आयोगको निष्कर्ष, कारबाही सिफारिस

  • सियारी गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेद्वारा कांग्रेसको जिल्ला उपसभापति पदबाट राजीनामा

  • प्रोटिन र भिटामिनको स्रोत च्याउ: किन बढ्दैछ यसको माग?


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech