भदौ १५
अपाङ्गता भएका व्यक्तिहरूलाई साधारण सेयर आईपीओमा १० प्रतिशत हिस्सा छुट्याउन माग गरिएको छ ।उनले सामूहिक लगानी कोष र कर्मचारीहरू छुट्याइने जसरी नै अपाङ्गता भएका व्यक्तिहरूलाई पनि छुट्याइनुपर्ने माग गरेका छन् ।रिपोर्टर्स क्लब नेपालमा आज पत्रकार सम्मेलन गरेर रामेछापका आङ छोङ्बा शेर्पाले अपाङ्गता भएका व्यक्तिहरूलाई आईपीओमा १० प्रतिशत हिस्सा छुट्याएर सुनिश्चितता गर्न माग गरेका हुन् ।
आफूले उमेरमै आईपीओको बारेमा जानकारी नपाएको भएतापनि आधा उमेर बितेपछि यस बारेमा बुझेर सबै अपाङ्गता भएका व्यक्तिहरूका लागि केही गर्न खोजेको उनको तर्क छ ।