
काठमाडौं ,भदौ १८
नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ७५६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि हुदाँ २२७४ जना संक्रमणमुक्त भएका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार ३३४ जनामा गरिएको परीक्षणमा १ हजार ७५६ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा २३ जनाको मृत्यु भएको छ । यससँगै देशभर हालसम्म कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १० हजार ८०९ पुगेको छ । हाल सक्रिय संक्रमितको संख्या ३३ हजार ६ रहेको छ ।

