लुम्बिनी दर्पण सम्वाददाता
शुद्धोधन गाउपालिका स्तरिय किशोर किशोरी सञ्जालद्धारा वालविवाह अन्त्यका लागि वडास्तरिय वालविवाह बिरुद्धको सडक नाटक प्रदर्शनको शुक्रवार लबनी स्वास्थ्य चौकीमा समापन कार्यक्रम गरिएको छ ।
सहयोगमा ( संयुक्त राष्ट्र जनसंख्या कोष) ,( सुनौलो परिवार नेपाल ), समन्वयमा शुद्धोधन गाउपालिका कपिलवस्तु आयोजक शुद्धोधन गाउपालिका स्तरीय किशोर किशोरी सञ्जाल कार्यक्रम गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि गाउँपालिका अध्यक्ष निसार अहमद खाँ, विशिष्ट अतिथि गाउँपालिका उपाध्यक्ष सुधा देवी पाण्डेय, विशिष्ट अतिथि गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद ज्ञवाली , अतिथि स्वास्थ्य शाखा प्रमुख असफक अहमद खाँ, वडा नम्बर २ का वडाअध्यक्ष मनोज कुमार यादव लगायत मन्तव्य गरेका थिए ।शुद्धोधन गाउँपालिका स्तरीय किशोर किशोरी सञ्जालका अध्यक्ष शेषकला पाण्डेय र सञ्जालका सम्पूणर् टिमका सदस्यहरु,विष्णुप्रसाद ज्ञवाली , अर्जुन थापा ,राजु लम्साल शर्मा ,राम मिलन चौधरी , विद्या सहानी,प्र.चौ.ई. दामोदर डाँगी , प्रधानाध्यापक लाल चन्द पाण्डेय, युवा नेता कमलेश शारण चौधरी , बुद्धिजीवी, समाजसेवी, किशोर किशोरी संजालका सम्पूणर् टिम तथा युवा क्लबका सदस्य र प्रतिनिधिहरू लगायतको उपस्थिति रहेको थियो ।




















