विदेशी शक्तिको आडमा एमाले फुटाउदा जनतामाथि घात भयो : प्रदेश सह ईन्चार्ज न्यौपाने

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

हरि आचार्य, कपिलवस्तु
नेकपा एमाले लुम्बिनी प्रदेश सह ईन्चार्ज गिरीधारीलाल न्यौपानेले ५ गठबन्धनको भिडमा अब एमाले एक्लै लड्ने र त्यो भिडलाई एक्लैले परास्त गर्ने बताएका छन् । राष्ट्यि युवा संघ नेपाल बाणगंगा नगरस्तरिय भेला तथा अधिवेशनलाई सम्बोधन गर्दै प्रदेश सह ईन्चार्ज न्यौपानेले विदेशी शक्तिको आडमा एमालेलाई फुटाएको औँल्याए ।

कार्यक्रमका विशिष्ट अतिथि समेत रहेका न्यौपानेले दुईतिहाईको बहुमत सरकारलाई गिराएर ५ गठबन्धन दलले नेपाली जनताको सपनामाथी कुठाराघाट गरेकाले अब जनताले माफि नदिने दाबि गरे ।

उनले एमालेले थोरै नेता कार्यकर्ता गुमाए पनि जनताको विश्वास, आसा र भरोसा नगुमाएकाले फेरी पनि एमालेको जित सुनिश्चित हुने जिकिर गरे ।

नेता न्यौपानेले बर्तमान सरकार जनमतबाट नभई परामादेशबाट आएकाले जनताका माग र आवश्यकता अनुसार अगाडि बढ्न नसक्ने बताए ।


प्रकाशित : २०७८ भाद्र २०, आईतवार १०:१६