लुम्बिनी दर्पण अनलाईन
पूर्वी पहाडी जिल्ला संखुवासभाको मादी नगरपालिका-१ उम्लिङमा एकै परिवारका ६ जनाको हत्या गरिएको छ । इलाका प्रहरी कार्यालय चैनपुरको संचार शाखाका अनुसार एकाघरका ६ जनाको विभत्स ढंगले हत्या गरिएको हो । हत्या भएको परिवार कार्की थरका हुन् । घटनामा थप केही घाइते भएको खबरसमेत प्राप्त भएको प्रहरीले जनाएको छ ।
गाउँलेले घटनाको सूचना दिनासाथ प्रहरी टोली घटनास्थलतर्फ पठाइएको बताइएको छ । विस्तृत विवरण भने प्राप्त हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।
मादी नगरपालिकाकी उपमेयर उर्मिला नेपाल सुवेदीका अनुसार टेकबहादुर कार्कीसहित उनका बुबा, श्रीमती, छोराछोरीलगायतको हत्या गरिएको खबर प्राप्त भएको छ