ताजा अपडेट

समय, प्रविधि र नयाँ पुस्ताको सोच अनुसार एमाले रूपान्तरण हुनुपर्छ : उपाध्यक्ष विष्ट

ठाकुरापुरमा बृहत् देउसीभैलो तथा सांस्कृतिक साँझ हुँदै

सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

राष्ट्रिय जनमोर्चाले एमसिसी विरुद्ध भोली देशभर प्रर्दशन गर्ने

लुम्बिनी दर्पण २०७८ भाद्र २१, सोमबार १५:१२

रिषव आचार्य
राष्ट्रिय जनमोर्चाले एमसिसी विरुद्ध भोली देशैभर प्रदर्शन गर्ने जनाएको छ ।
सरकारले संसदबाट एमसीसी पास गर्ने योजना बनाएपछि राजमोले त्यस विरुद्ध प्रदर्शन गर्न लागेको हो ।

राजमोले एमसिसी विरुद्ध देशभर प्रदर्शन गर्न लागेको हो । कतिपय जिल्लामा हुने कार्यक्रमबारे केन्द्रीय कार्यालयलाई जानकारी प्राप्त भएको र अन्य जिल्लामा कार्यक्रमको रुपरेखा तयार भइरहेको राजमोले जनाएको छ । आज साँझसम्म सबै स्थानमा हुने कार्यक्रमबारे जानकारी प्राप्त हुने केन्द्रीय कार्यालयले जनाएको छ ।

काठमाडौंमा दिउँसो २ बजे रत्नपार्कस्थित शान्तिवाटिकामा प्रदर्शन गरिने राजमो केन्द्रीय कार्यालयले जनाएको छ । कार्यक्रमलाई नेकपा (मसाल) का केन्द्रीय प्रवक्ता रामप्रकाश पुरी, अखिल नेपाल महिला संघका अध्यक्ष मिना पुन, राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य लालबहादुर थापालगायत नेताहरुले सम्बोधन गर्ने जनाईएको छ ।

यस्तै, बागलुङका सबै स्थानीय तहमा कार्यक्रम गरिने राजमो गण्डकी प्रदेशका उपाध्यक्ष धर्म कुँवरले बताए । बागलुङ बजारमा हुने कार्यक्रमलाई अध्यक्ष अमर थापा र उपाध्यक्ष कुँवरले सम्बोधन गर्ने कार्यक्रम छ । यता, प्युठानको खलंगामा हुने प्रदर्शनलाई राजमो नेताहरू बोमबहादुर खत्री, कृष्ण खड्का, जिल्ला समन्वय समितिका अध्यक्ष केशव आचार्यलगायत नेताहरूले सम्बोधन गर्ने र
सुदूरपश्चिमको धनगढी र महेन्द्रनगरमा कार्यक्रम आयोजना गरिँदै छ । धनगढीस्थित पार्कमोडमा दिउँसो २ बजे आयोजना हुने विरोध प्रदर्शनलाई राजमो कैलालीका अध्यक्ष दयाराम सञ्ज्याल, सचिव जगत जोशी, जनजाती नेता खडक रानाथारु, विद्यार्थी नेता डबल बोगटी लगायत नेताहरूले सम्बोधन गर्ने राजमो केन्द्रीय सदस्य नन्दराज भट्टले जानकारी दिए । यता कञ्चनपुरको महेन्द्रनगरस्थित मदनचोकमा प्रदर्शन गर्न लागिएको राजमो कञ्चनपुरका अध्यक्ष रामबहादुर कार्कीले बताए ।

यसैगरी सुर्खेतमा हुने हुने प्रदर्शनलाई राजमो उपाध्यक्ष जनकराज शर्माले सम्बोधन गर्ने कार्यक्रम छ । दाङको घोराहीस्थित सहिदगेटमा दिउँसो ३ बजे कार्यक्रम आयोजना गरिएको जिल्ला अध्यक्ष गणेश आचार्यले बताए ।

पूर्वी नेपालमा आयोजना हुने विरोध प्रदर्शनका क्रममा बारामा राजमो केन्द्रीय सदस्य धर्मानन्द सुवेदी, पर्सामा नेत्र पौडेल, रौतहटमा जिल्ला अध्यक्ष हरिकिशोर महतो, सिरहामा काजिलाल वाइवा, सर्लाही नवराज पौडेल, सुनसरीमा अमृत पाण्डे र योगेन्द्र ढकाल, उदयपुरमा लिलकुमार राई, संशुवासभामा हेमकुमार गुरुङ र लिलाबहादुर खत्री, लगायत नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ ।

यता, कपिलवस्तुको तौलिहवामा आयोजित सभामा राजमो जिल्ला अध्यक्ष दधिराम आचार्य र किसान संघका केन्द्रीय उपाध्यक्ष शिव पौडेललले सम्बोधन गर्नुहुने छ भने विजयनगरमा आयोजना हुने सभामा मजदुर नेता केरसिंह अदैले सम्बोधन गर्ने कार्यक्रम छ ।

यस्तै, पोखराको पृथ्वीचोकमा आयोजना हुने सभालाई राजमो गण्डकी प्रदेश अध्यक्ष शंकर बराल, नेकपा (मसाल) कास्कीका प्रवक्ता चन्द्रबहादुर केसीलगायत नेताहरुले सम्बोधन गर्नुहुने छ ।

रुपन्देहीमा संयुक्त सभा
यस्तै, रुपन्देहीमा नेकपा (मसाल) सहित विभिन्न राजनीतिक दलहरूले एमसिसी विरुद्ध संयुक्त सभाको आयोजना गर्दैछन् । दिउँसो २ बजे ट्राफिकचोकमा आयोजना हुने सभालाई राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सम्बोधन गर्ने कार्यक्रम छ ।

बुटवलमा नेकपा (मसाल), राष्ट्रिय जनमोर्चा, नेकपा (माले) विप्लव नेतृत्वको नेकपा, नेकपा (क्रान्तिकारी-माओवादी), देजमो, विवेकशील साझालगायत दलहरुले संयुक्त प्रदर्शन गर्दै छन् । आज (सोमबार) दलहरुको संयुक्त बैठक बसेर थप कार्यक्रम तय गर्न लागिएको राजमो नेता चेतनाथ आचार्यले बताए ।


प्रकाशित : २०७८ भाद्र २१, सोमबार १५:१२

लुम्बिनी दर्पण

लेखकबाट थप

  • ठाकुरापुरमा बृहत् देउसीभैलो तथा सांस्कृतिक साँझ हुँदै
  • साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ
  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन
  • मन्त्री घिमिरेद्वारा मुसीवान मोटरेबल पुल उद्घाटन, पहाड–तराई यात्रा सहज बन्दै
  • शुद्धोधन–६ मा जसपाको वडा भेला, सयभन्दा बढी कार्यकर्ता पार्टी प्रवेश
प्रतिक्रिया

यो पनि पढौँ

लुम्बिनी प्रदेशको ५२ बुँदे बजेट मार्गदर्शन : असारमा तालिम–गोष्ठी रोक, बजेट अनुशासन उल्लङ्घन गर्नेलाई कारबाही

लुम्बिनीमा कांग्रेसका मन्त्रीले राजीनामा दिँदै

धान उत्पादन बढाउन र कृषि आत्मनिर्भरताका लागि प्रदेश सरकार प्रतिबद्ध : मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेश सभा बैठक स्थगित,मंगलबार दिउँसो ३ बजे बस्ने

लुम्बिनी प्रदेशका नवनियुक्त ५ मन्त्रीले लिए सपथ

आइतबारको बिदा हटाउने तयारीमा कोसी सरकार

वन तथा वातावरण संरक्षण साझा दायित्व : मुख्यमन्त्री आचार्य

रोल्पामा जीप दुर्घटना हुदा तीन जनाको मृत्यु

लुम्बिनीमा एमालेका चार मन्त्रीले दिए राजीनामा

मुख्यमन्त्री आचार्य र बेलायती मन्त्री मल्होत्राबीच भेटवार्ता

लुम्बिनी प्रदेश सभा बैठक बस्दै, बजेटका सिद्धान्त र प्राथमिकता पेश हुने

बाणगंगा वेलफेयरको सामाजिक अभियानमा सक्रिय भूमिका निभाएका पौडेल सम्मानित

भर्खरै

  • समय, प्रविधि र नयाँ पुस्ताको सोच अनुसार एमाले रूपान्तरण हुनुपर्छ : उपाध्यक्ष विष्ट

  • ठाकुरापुरमा बृहत् देउसीभैलो तथा सांस्कृतिक साँझ हुँदै

  • सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

  • साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

  • नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

  • बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

  • सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

  • एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

  • आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech