५ लाख लगानी बालुवा पानी, जिर्ण पुलको तल डाइभर्सन अलपत्र

[sharethis-inline-buttons]

 

लुदस,
कपिलवस्तुको बाणगंगा ६ बैदौली नहरमा रहेको पुल जिणर् भएको लामो समय हुदाँ समेत मर्मत नहुदाँ स्थानियले निरन्तर सास्ती भोग्नु परेको छ । सो पुल हाल वडा कार्यालयको सामान्य बजेटबाट बासको बार लगाएर साईकल र पैदलयात्रीका लागि मात्र प्रयोग भएको भएता पनी अन्य ठुला सवारी साधनहरु करिव ५ किलोमिटर परको दुरी पार गरि वारपार गर्दै आईरहेका छन् ।


पुल जिर्ण भएपछी बाणगंगा सिंचाई कार्यालय तौलिहवाले ५ लाखको लागतमा ड्राईभर्सन बनाउने भन्दै ६० एम.एम का १७ वटा ह्युमपाईप नहरमा राखेको भएतापनी त्यो प्रभावकारी हुन् सकेको छैन् ।

जसका कारण सिंचाईको काम प्रति प्रश्न चिन्ह खडा भएको छ । सिंचाईले ड्राईभर्सनको ह्युमपाईप नहरमा राखेर अलपत्र पारेको छ । जुन उदेश्यले बजेट हालियो त्यो पुरा हुन नसक्दा एकातिर आवतजावतमा समस्या परेको छ भने अर्कोतिर राज्यको लगानी बालुवामा पानी हालेजस्तै खेर गएको बैदौलीका स्थानिय युवा शोभाखर भट्टराईले बताए । यसरी जनताले तिरेको करमा मनपरि गर्ने जो कोहिलाई पनी छानविन गरि कानुनी दायरामा ल्याउनुपर्ने उनले बताए । उनी मात्र होईन त्यस क्षेत्रमा रहेको स्थानियहरु पुल बन्ने कुनै टु∙ो नलाग्दा निराश भएका छन् ।

यस विषयमा बाणगंगा सिचाई डिभिजन कार्यालय तौलिहवाकी प्रमुख कोफुला श्रेष्ठले आफुहरुले स्थानियको मागलाई मध्यनजर गरि ५ लाखको लागतमा १७ वटा ह्युमपाईप मार्फत ड्रार्भर्सन बनाउने प्रयासमा रहेको तर रकम अपुग भएका कारण त्यो विचमा रोकिएको बताईन् । उनले पुल निर्माणका लागि सिंचाई डिभिजनसँग बजेट नहुने र आफुले यस विषयमा लुम्बिनी प्रदेश सरकारको भौतिक मन्त्रालय अन्र्तरगतको यातायात निर्देशनालय शाखामा निवेदन गरेको भन्दै त्यहाँबाट पुलको काम भए ति ह्युमपाईपहरु अन्यत्र सिंचाईमा प्रयोग हुने तर दुरुपायोग नहुने दावी गरिन् ।

यता ड्राईभर्सनको काम पुरा नहुदा स्थानियले सास्ती खेप्दै आएका छन् । हालै कपिलवस्तुबाट लुम्बिनी प्रदेशमा भौतिक पुर्वाधार विकास मन्त्री बने सँगै नागरिकहरुले कपिलवस्तुको सो समस्या चाडैँ समाधान हुने आशा राखेका छन् ।जिल्लाको क्षेत्र नं १ कै मन्त्री सहसराम यादव हुनुले पनी स्थानियमा आशा पलाएको हो ।
लुम्बिनी दर्पण कर्मीले सो पुलको अवस्था र यसले पारेको समस्याका बारे दर्शाएपछी आफु केहीदिन पछी समय मिलाएर निरिक्षण गर्ने उनले आश्वासन दिएका छन् ।

लुम्बिनी दर्पण साप्ताहिकबाट साभार


प्रकाशित : २०७८ भाद्र २२, मंगलवार ०६:१८