
लुम्बिनी दर्पण सम्वाददाता
कपिलवस्तुका प्रहरी प्रमुख दान बहादुर कार्की र बाणगंगाका अगुवा पत्रकारहरुविच समसामयिक विषयमा छलफल भएको छ ।
ईलाका प्रहरी कार्यालय पिपरामा आयोजित छलफल कार्यक्रममा पत्रकार हरुले बाणगंगा क्षेत्रमा भए गरेका विभिन्न अपराध , चोरी निकासी , लागु औषत, र शान्ति सुरक्षामा प्रहरी चनाखो हुनुपर्नेमा जोड लिएका थिए ।
साथै पत्रकाहरु ले प्रहरी उपरिक्षक कार्की लाई बाणगंगा नगरपालिकाको वडा नं ६ मा हत्या भएकी शिवरानी र १० कि गंगामाया पौडेलको हत्यामा संल∙ दोषि उपर अनुशन्धान गरि कानुनी दायरामा ल्याउनुपर्नेमा जोड दिएका थिए ।
सो अवसरमा पत्रकारका गुनासा उपर संम्बोधन गर्दै कार्कीले अधिकांस विषयमा प्रहरीले सफलता हासिल गरेको र गर्ने क्रममा रहेको बताउदै , यी दुई घट्नामा तत्काल अनुशन्धान थालिने बताएका छन् । कार्यक्रममा नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष डिलाराम भुषाल, पुर्व अध्यक्ष भेषराज पाण्डे , पुर्व महिला उपाध्यक्ष पार्वति पाण्डे, वर्तमान उपाध्यक्ष हरि अधिकारी, कोषाध्यक्ष मोहन बेल्वासे लगाएत १ दर्जन बढी पत्रकारहरु को उपस्थिति रहेको थियो ।