लुदस,
शिवराज नगरपालिका कार्यपालिका सदस्य निर्मला सुनारले हिजो माधव नेतृत्वको नेकपा एकृकित समाजवादी रोजेर निर्वाचन कार्यालय तौलिहवामा शनाखत गरेकि थिईन् ।
शनाखत गरेको २४ घण्टा नपुग्दै सुनारले पुन आज एमालेमै रहेको विज्ञप्ती प्रकाशित भएको छ । पछिल्लो समय एमालेमा फुट भएसँगै नेता कार्यक्रर्ता तान्ने होडबाजी चलिरहेकै बेला सुनार पनी यसको फन्दामा मात्र परिनन् उनको नैतिकतामै प्रश्न उठेको छ । २०७४ सालमा भएको स्थानिय तहको निर्वाचनमा वडा सदस्य पदमा हारेकी शिवराज नगरपालिका को कार्यपालिका मा मनोनित सुनार ले २४ घण्टा नवित्दै कुरा परिवर्तन गर्दा उनको नैतिकता मात्र होईन विश्वसनियतामै प्रश्न उठेको हो ।
मङगलबार निर्वाचन कार्यालय पुगी माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा सनाखत गरेर आएपछी विभिन्न मिडियामा समाचार आएसंगै उनका घरमा एमाले नेताहरु साझ अवेरसम्म र विहानपनी पुगेर विभिन्न दवाव र प्रभावमा पारेको स्थानिय एक स्रोतले बताएको छ । मङगलबार पत्रकार संग कुरा गर्दै एकीकृत समाजवादीमा सनाखत गरेको बताउदै उनले आफ्नो राजनितिक अभिभावक महोमद अब्दुल रउफ रहेको र उहां एकीकृत समाजवादीमा नै रहेकोले आफु उहांकै लाइनमा रहेको बताएकी थिईन् ।
यता बुधबार एकाएक विज्ञप्ती निकाल्दै आफु नेकपा एमाले मा नै रहेको जनाएकी छिन । केही व्याक्तीको परिवन्धनमा परि निर्वाचन आयोग पुर्याइएको दावि गरेकी छिन यता निवाचन कार्यालय कपिलवस्तुले भने सुनार एकीकृत समाजवादीमै रहेको पुष्टी गरेको छ । निर्वाचन अधिकृत ज्ञानुराम पन्थीका अनुसार अव फिर्ता लिन नमिल्ने बताए ।
हिजो सनाखतको अन्तिम दिन रहेको थियो । पन्थी ले भने हिंजो सनाखतको लागी आउनु भएको थियो, हामी सोचेर मात्र निणर्य गर्नुस भनेका थियौं उहाँले दसी प्रमाण सहित आधिकारिक रुपमै एकीकृत समाजवादी रोजेको र उहाँ को निवेदन आयोगमा पठाईसकेको बताए ।




















