तिलोत्तमा नगरपालिका वडा नं ७ को वडा कमिटि गठन

[sharethis-inline-buttons]

तिलोत्तमा ,भदौ २६

तिलोत्तमा नगरपालिका वडा नं ७ को युवा भेला तथा वडा कमिटि गठन कार्य आज भलवारीमा सम्पन्न भएको छ । राष्ट्रिय युवा संघ नेपाल तिलोत्तमा नगरकमिटिका अध्यक्ष दिपेश पौडेलको अध्यक्षता ,नेकपा एमाले जिल्ला कमिट सदस्य तथा तथा तिलोत्तमा नगरकमिटि अध्यक्ष मोहन चापागाई, नेकपा एमाले जिल्ला कमिटि सदस्य तथा क्षेत्र नै १क्षेत्रीय कमिटि अध्यक्ष यज्ञ गैरे ,नेकपा एमाले जिल्ला कमिटि सदस्य हिमाल पाण्डेको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

 

युवा सम्मेलनलाई सम्बोधन गर्दै नेकपा एमाले पोलिट ब्युरो सदस्य रुपन्देही इन्चार्ज दधिराम न्यौपानेले अहिलकोे अवस्थामा पार्टीलाई अगाडि बढाउने कुरा अवसर र चुनौति दुबै रहेको र यसका लागि युवाले साथ दिने दिन आएको कुरामा जोड दिएका थिए । केही नेताहरु सत्ता र कुर्सीको लोभमा पार्टीलाई धोका दिएपनि कत्तिपनि बिचल्लित नभएई काम गर्न समेत आग्रह गर्नुभयो ।

 


राष्ट्रिय युवा संघ नेपाल तिलोत्तमा नगरकमिटिको आयोजनमा सम्पन्न कार्यक्रममा तिलोत्तमा नगरपालिका वडा नं ७ युवा संघको २५ सदस्यीय कमिटिगठन भएको छ । जसको अध्यक्षमा शेषकान्त भन्डारी , उपादक्षमा अविशेक परियार ,हस्तबहादुर आले ,संजय कुमार माली , सचिवमा अशोक पंगेनी,सह सचिवमा सुरज पाण्डे ,काषादक्षमागौरव सुवेदी , सह कोषाध्यक्षमा राधिका कंडेल सदस्यहरुमा सोहन चौधरी ,डम्मर थापा ,रेशम नइौपाने कमल पंत , निर्मल बिक, सुमन विक, विकाश सुनार आशिष ज्ञवाली , रोसन थापा , विष्णु खनाल , विश्व पुरी,बिशान्त पाण्डे ,अमित पंगेनी, दिपक यादव,मनु चौधरी, युवराज थापा रहनुभएको छ ।


प्रकाशित : २०७८ भाद्र २६, शनिबार १०:३६