
काठमाडौं , भदौँ २६
नेपालमा शनिबार थप ९९४ जनामा कोरोना संक्रमण थपिदा १ हजार ३ सय ६८ संक्रमित कोरोनामुक्त भएका छन ।
देशभर गरिएको ६ हजार १ सय ३७ पिसिआर परिक्षणका क्रममा ७ सय ७७ जना र ३ हजार ७ सय ३ एन्टीजेन परिक्षणका क्रममा २ सय १७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाकारी दिएको छ ।
त्यस्तै, आज कोरोनाका कारण थप १२ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा १० हजार ९ सय ३६ जनाका कोरोना संक्रमितको मृत्यु भएको छ ।

