ताजा अपडेट

समय, प्रविधि र नयाँ पुस्ताको सोच अनुसार एमाले रूपान्तरण हुनुपर्छ : उपाध्यक्ष विष्ट

ठाकुरापुरमा बृहत् देउसीभैलो तथा सांस्कृतिक साँझ हुँदै

सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

जाजरकोटमा दादुराका बिरामी देखिए

लुम्बिनी दर्पण २०७८ भाद्र २६, शनिबार १८:२०

जाजरकोट ,भाद्र २६

नेपालले सन् २०१९ भित्र उन्मूलन गर्ने लक्ष्य लिए पनि २०२१ मा आएर यहाँ दादुराका बिरामी फेला परेका छन् । भेरी नगरपालिका(१ रावतगाउँमा गत साउन ८ गते मिल्दोजुल्दो लक्षण भएका बिरामी देखिएपछि जाँच गर्दा दादुराका बिरामी फेला परेका थिए ।

विश्व स्वास्थ्य सङ्गठनको सहयोगमा भेरी(१ रावतगाउँमा १८ बालबालिकाको नमूना सङ्कलन गरी जाँच गर्दा थप दुईमा दादुरा सङ्क्रमण पुष्टि भएपछि अवस्था गम्भीर देखिएको भेरी नगरपालिकाको स्वास्थ्य शाखाका दीपक ओलीले बताए ।

शुक्रबार मात्र प्रदेश स्वास्थ्य निर्देशनालय सुर्खेत, स्वास्थ्य सेवा कार्यालय जाजरकोट र भेरी नगरपालिका स्वास्थ्य शाखाबाट संयुक्तरूपमा स्थलगत अनुगमन गरिएको छ । स्वास्थ्य सेवा कार्यालयले वर्षेनी ददुराविरुद्धको खोप लगाउने गरे पनि त्यो अभियान पूरै असफल भएको स्थानीयवासी बताउँछन् ।

अन्यत्र पनि जाँच नहुँदा थाहा हुन नसके पनि ददुरा सुरुवा रोग भएकाले यसलाई समयमै उच्च सावधानी अपनाउन नसके अवस्था जटिल भएर जाने ओलीले जानकारी दिए । सन् २०२० मा दादुराका बिरामी ललितपुर, सर्लाही, झापा र धादिङ जिल्लामा पाइएका थिए। यो साढे तीन महिनाको समयमा १२५ दादुराका बिरामी फेला परेको स्वास्थ्य मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।

सन् २०१९ मा देशभर दादुराका बिरामीको सङ्ख्या ४३० थियो । खोप रोकिएका कारण आगामी दिनमा बालबालिकामा दादुरालगायत क्षयरोग र पोलियोजस्ता रोग बढ्न सक्ने चिकित्सकले चेतावनी दिँदै आएका छन् । अत्यावश्यक सेवा रोक्न त मिल्दैन, तर मानिसहरु बालबालिका लिएर खोप लगाउन आउन नपाउने र यातायातका साधन पनि नचलेपछि खोप सेवा बन्द भएकाले समस्या हुँदै आएको चिकित्सकको तर्क छ ।

कस्तो खतरा छ ?

सरुवा रोगमध्ये पनि निकै चाँडो फैलन सक्ने क्षमता भएको हुँदा दादुरा नियन्त्रणलाई गम्भीरतापूर्वक लिनुपर्ने विज्ञहरू बताउँछन् । दादुराले विशेषगरी पाँच वर्षभन्दा मुनिका बालबालिका र गर्भवतीलाई ग्रस्त बनाउने चिकित्सकको भनाइ छ ।

दादुरा आउँदा छालामा रातो फोका देखिने र ज्वरो आउने हुन्छ । दादुराले कहिलेकाहीँ फोक्सो र मस्तिष्कमा सङ्क्रमण भएर जटिलता उत्पन्न गराइदिन सक्छ । केन्द्रीय तथ्याङ्क विभागले सन् २०११ मा गरेको जनगणनाअनुसार नेपालमा चार वर्षसम्मका बालबालिकाको सङ्ख्या २५ लाख ६७ हजार थियो । सो कूल जनसङ्ख्याको करिब १० प्रतिशत हो ।

विकसित मुलुकमा सन् १९६३ बाट प्रयोगमा आएको दादुराको खोप नेपालमा भने सन् १९७९ मा मात्र आएको थियो । सुरुका दिनमा उक्त खोप निकै महङ्गो मानिने भए पनि अहिले ठूलो परिमाणमा उत्पादन हुने हुँदा मूल्य क्रमिकरूपमा घट्दै गएको जानकारहरू बताउँछन् । एक जनालाई एकपटक लगाइने दादुराको खोपको मूल्य एक अमेरिकी डलर जति पर्छ ।

विश्व स्वास्थ्य सङ्गठन र युनिसेफजस्ता संस्थाले त्यस्ता खोपको खरिदमा सहयोग गर्ने हुँदा खर्च कम हुँदै आएको छ । रुघाखोकी, ज्वरो र दाग गराउने यो रोगबाट एमएमआर खोप दुईपटक दिएर जोगिन सकिन्छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार यहाँ पाँच वर्ष उमेरका ९५ प्रतिशतले पहिलो खेपको खोप लगाएका छन् भने ८७।४ प्रतिशतले दोस्रो खेप लिएका छन् ।

सन् २०१९ मा दादुरा रोगीको सङ्ख्यामा भारी वृद्वि हुँदै पछिल्लो २३ वर्षयताकै अत्यधिक रहेको युनिसेफले आफ्नो बुलेटिनमा बताएको छ । विश्व स्वास्थ्य सङ्गठन र संयुक्त राज्य अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र ९सिडिसी०द्वारा संयुक्तरूपमा प्रकाशित विवरणअनुसार सन् २०१९ मा आठ लाख ६९ हजार ७७० दादुराका बिरामी भेटिएको उल्लेख छ ।

त्यो सङ्ख्या विश्व स्वास्थ्य सङ्गठन कार्यरत सबै क्षेत्रमा गरी सन् १९९६ यता देखिएको सबैभन्दा धेरै हो । सन् २०१६ यता दादुराको कारणले मृत्यु हुनेको सङ्ख्यामा ५० प्रतिशतले वृद्वि भई सन् २०१९ मा मात्रै अनुमानित दुई लाख सात हजार ५०० को मृत्यु भएको उल्लेख छ ।

सन् २०१० देखि २०१६ सम्म विश्वव्यापीरूपमै स्थिर प्रगति देखिएकामा सन् २०१९ सम्म आइपुग्दा दादुराका बिरामीको सङ्ख्यामा वृद्वि भयो । दादुराका कारणले हालसम्मकै थोरै मानिसले ज्यान गुमाएको वर्ष सन् २०१६ को तथ्याङ्कलाई २०१९ को तथ्याङ्कसँग तुलना गर्दा बिरामीको सङ्ख्या र मृत्यु दुवै बढ्नुको प्रमुख कारण दादुरा रोकथामका लागि आवश्यक खोप ९एमसिभी(१ र एमसिभी(२० समयमा दिन नसक्नु भएको उल्लेख छ ।

बितेको शताब्दीमा खोपले करोडौँ मानिसको ज्यान जोगाएको छ । कतिपय देशका स्वास्थ्य विज्ञहरू त्यहाँ खोपप्रति हिच्किचाहट प्रवृत्ति बढ्दो रहेको बताउँछन् । यो प्रवृत्तिप्रति विश्व स्वास्थ्य सङ्गठन चिन्तित छ । खोपको खोज हुनुभन्दा पहिले संसार निकै खतरनाक थियो, जहाँ विविध रोगका कारण दशौँ लाखले ज्यान गुमाइरहन्थे । स्रोत रासस


प्रकाशित : २०७८ भाद्र २६, शनिबार १८:२०

लुम्बिनी दर्पण

लेखकबाट थप

  • ठाकुरापुरमा बृहत् देउसीभैलो तथा सांस्कृतिक साँझ हुँदै
  • साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ
  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन
  • मन्त्री घिमिरेद्वारा मुसीवान मोटरेबल पुल उद्घाटन, पहाड–तराई यात्रा सहज बन्दै
  • शुद्धोधन–६ मा जसपाको वडा भेला, सयभन्दा बढी कार्यकर्ता पार्टी प्रवेश
प्रतिक्रिया

यो पनि पढौँ

समय, प्रविधि र नयाँ पुस्ताको सोच अनुसार एमाले रूपान्तरण हुनुपर्छ : उपाध्यक्ष विष्ट

साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो

भर्खरै

  • समय, प्रविधि र नयाँ पुस्ताको सोच अनुसार एमाले रूपान्तरण हुनुपर्छ : उपाध्यक्ष विष्ट

  • ठाकुरापुरमा बृहत् देउसीभैलो तथा सांस्कृतिक साँझ हुँदै

  • सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

  • साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

  • नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

  • बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

  • सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

  • एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

  • आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech