
बुटवल , भाद्र २७
बुटवलमा कक्षा १२ को परीक्षा दिने विद्यार्थीहरुलाई कोरोनाको खोप भोलि लगाइने भएको छ ।बुटवल उपमहानगरपालिकाले एक सूचना जारी गर्दै उपहानगर अन्तर्गत कक्षा १२ को परीक्षामा सहभागि हुने १८ वर्ष पुरा भएका विद्यार्थीहरुलाई एस्ट्राजेनिक खोपको पहिलो मात्रा लगाइने भएको हो ।खोप लगाउनका लागि परीक्षामा संलग्न हुने प्रवेश पत्र अनिर्वाय गरिएको उपमहानगरपालिकाले जनाएको छ ।

