
बिगत ७ बर्ष देखी संगीत क्षेत्र लाई नै आफ्नो करीयर बनएका मिलन कडेल, गौतम बुद्दको जन्मस्थल लुम्बिनिमा जन्म भयो त्यस्लगत्तै स्कुलको पढाई सकेर उच्च शिक्षा हासिल गर्नको लागि र बिशेष गरी संगीत लाई नै अआफ्नो कारीयर बनाउने उद्देश्यले काठमान्डौ होमिएका मिलन को संगीतिक काहानी निक्कै रोचक छ करीब ७ बर्षाको यो यात्राामा मिलनले गीत गाउनेमात्र नभएर , शब्द रचना , संगीत सङ्गै एरेन्जिङ्ग सम्मा गर्न सिके, उनका गीतहरुको बारेमा कुरा गर्नु पर्दा, हल्ला फिजायो, मादलु , कस्तो माया ,मर्ने एउटै बाटो हुन्छ लगाएत को सफलता पछी दर्शक हरुको माझ मर्ने एउटै बाटो २ बजारअंा आएको हो |
हरेक बिधाको गीत गाउँ र रचना गर्नमा अब्बल मिलनका भजन गितरु पनि उत्तिकै लोकप्रिय छन| ” एउटै बाटो २” मा शब्द /संगीत / एरेन्ज मिलन आँफैको रहेको छ भने सुमधुर स्वर कि धनी एलिना चौहान सँगको जुगल्बन्धी स्वर ले निक्कै राम्रो बनेको कुरामा मिलन ढुक्क छन, उनले भन्छ्न यो एक musical story फिल्म हो जहाँ हाम्रो समाज र मानव प्राणिको वास्तविक कुरा लाई गीत संगीत मार्फत उतार्ने प्रयास हामिले गरेका छौं ।
करीव २ बर्षको ब्रेक पछी यो सांगितिक कोसेली लिएर आएको छु आशा छ दर्शक हरुले अन्य गित्मा झै यो गितलाई पनि माया र साथ दिनुहुनेछ , “मर्ने एउटै बाटो २” को भिडियो निक्कै मर्म स्पर्शी छ ,मनु शाह र क्रिशाला भट्टराई को अभिनय लाई मिलन काडेल आँफैले निर्देशन गर्नुभएको छ,भिडियो मा सुबाश शाह को DOP र coloring रहेको छ ।
पुरा भिडियो तलको लिन्क थिचेर हेर्नुहोला ।