
बुटवल ,३१ भाद्र
रुपन्देहीमा जारी निषेधाज्ञा असोज ७ गतेसम्मका लागि थपिएको छ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले एक सूचना जारी गर्दै जिल्लामा जारी निषेधाज्ञा असोज ७ गते राति १२ बजेसम्म थपिएको जनाएको छ । रुपन्देहीमा निषेधाज्ञा जारी रहे पनि स्वास्थ्य सुरक्षाका मापदण्ड अपानाएर सबै गतिबिधी गर्न भने पाइनेबताएको छ ।

