
काठमाडौं,आश्विन १
आज दिउँसो नेपालमा ४४ लाख डोज कोरोना भाइरस विरुद्धको भेरोसेल खोप आईपुग्दैछ । सरकारले चीनबाट खरिद गरेको भेरोसेल खोप काठमाडौं आइपुग्ने भएको हो ।
खोप ल्याउन नेपाल एयरलाइन्सको वाइडबडी विमान गए राति ११ बजे चीनतर्फ उडान गरेको थियो । चीनबाट खोप लिएर उडेको विमान आज दिउँसो २ बजे काठमाडौं आइपुग्ने निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले जानकारी दिए ।
सरकारले असोज मसान्तसम्म थप १ करोड डोज खोप ल्याउने तयारी गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

