आजबाट देशका विभिन्न शहरहरुमा सरकारको सहुलियत पसल

[sharethis-inline-buttons]

काठमाडौं, आश्विन १

सरकारले आजदेखि देशका विभिन्न स्थानमा दशैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै सहुलियत पसल सञ्चालनमा ल्याएको छ । कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेशनमार्फत सरकारले देशका ८५ स्थानमा पसल सञ्चालनमा ल्याएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जानकारी दिएको छ । खाद्य व्यवस्था तथा व्यापार कव्यापार कम्पनीले देशभरका ४३ स्थानमा, कर्पोरेशनले ३२ र राष्ट्रिय दुग्ध विकास संस्थानले १० स्थानमा सहुलियत पसल सञ्चालनमा ल्याउने भएका हुन् ।

सहुलियत पसलमा दैनिक उपभोग्य वस्तुहरु दाल, चामल, चिनी, नून र खानेतेल लगायतका वस्तु बिक्रीमा राखिने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जानकारी दिएको छ । दुग्ध विकास संस्थानको पहुँच भएका स्थानहरुमा ती पसलहरुमा दुध समेत सहुलियत मुल्यमा उपलब्ध हुने जनाईएको छ ।

। आजदेखि सञ्चालनमा ल्याइएको सहुलियत पसल कात्तिक २४ गतेसम्म चल्ने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ। ब्यापार कम्पनी र कर्पोरेशनले घुम्ती पसल समेत सञ्चालनमा ल्याउने बताएका छन् ।


प्रकाशित : २०७८ आश्विन १, शुक्रबार ०८:४०