
काठमाडौँ,आश्विन १
पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ८६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार ८ हजार ६६५ पीसीआर परीक्षणमा शुक्रबार थप १ हजार ८६ जनामा संक्रमण पुष्टि भएको हो ।एन्टिजेन विधिद्वारा गरिएको ३ हजार ७२० परीक्षणबाट ४७२ जनामा पोजिटिभ पुष्टि भएको हो।पछिल्लो २४ घण्टामा थप १ हजार ३५१ जना संक्रमणमुक्त भएका छन् । नेपालमा कोरोना संक्रमणबाट थप १० जनाको मृत्यु भएको छ ।

