ताजा अपडेट

रसुवा बाढी : नेपाली सेनाद्वारा १२ जनाको उद्धार

रसुवा बाढीः पृथ्वी राजमार्ग र पासाङल्हामु राजमार्गमा सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक

पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

विजयनगरमा एमालेका दुई नेता रास्वपामा

भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

भविष्यको खोजीमा मेरो यात्रा

पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

एशियन कंक्रिटो : १५०० मजदुरले गर्ने काम उपकरणको प्रयोग गरी २५ जनाले

लुम्बिनी दर्पण २०७८ आश्विन २, शनिबार ०९:२९
[sharethis-inline-buttons]

चितवन ,आश्विन २

मानवीय जनशक्तिको सट्टा उच्चतम प्रविधिको प्रयोग गरी एक उद्योगले औद्योगिक उत्पादनलाई उदाहरणका रुपमा अघि बढाएको छ । त्रिवेणी सुस्ता पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–१६ मा रहेको एशियन कङ्क्रिटोले आधुनिक प्रविधिको प्रयोग गरेर कम जनशक्तिमै उच्च उत्पादन लिन सफल भएको हो ।

उद्योगले दैनिक एक हजार ५०० हाराहारी मजदुरले गर्नुपर्ने काम स्वचालित उपकरणको प्रयोग गरी २५ जनाले पूर्ण क्षमतामा उत्पादन गर्न सफल भएको छ । जर्मन प्रविधिको मासा कम्पनीको यस उपकरण सञ्चालनमा अपरेटरको मात्रै बढी काम हुने गरेको छ । उद्योगमा रहेका २५ जनामध्ये मेसिन अपरेटर, सवारीचालक, गुणस्तर मापन गर्ने र निर्देशन गर्ने इञ्जिनियर एवं प्रविधिकसँगै उत्पादन सामग्रीलाई व्यवस्थापन गर्ने केही मजदुर छन् ।

उद्योगका उपाध्यक्ष श्यामल झाका अनुसार उद्योगमा कच्चा पदार्थ आइसकेपछि त्यसको भण्डारण गरिन्छ । बालुवा, गिट्टी, सिमेन्ट, पानी र रङको प्रयोग गरी मोज्याक टायल, इटालगायतका ३० प्रकारका निर्माणजन्य सामग्री उद्योगले उत्पादन गर्दै आएको छ । बाहिरबाट आएको गिट्टीलाई उद्योगभित्रै आवश्यक आकारमा परिणत गरिन्छ । झाका अनुसार कच्चा पदार्थ छ ठाउँबाट स्वचालित उपकरणमा पठाइन्छ ।

लोडर चालकले सामग्री हालेपछि विभिन्न प्रशोधन प्रक्रिया हुँदै तयारी सामग्री बाहिर आउँछ । यस क्रममा गुणस्तर मापन गर्ने विज्ञ, इञ्जिनीयर, अपरेटरसहित केही मजदुरले काम गर्दनन् । कच्चा पदार्थ हालिसकेपछि स्वचालित प्रक्रियाबाट प्रशोधन हुँदै आवश्यक आकारका निर्माण सामग्री बनेर अत्याधुनिक रोबटिक प्रविधिको भट्टीमा उच्च ताप दिएर तयारी सामग्री प्याकिङ गरी बाहिर आउँदछ । उद्योगको दैनिक ६०० मेट्रिक टन निर्माण सामग्री उत्पादन गर्ने क्षमता छ । झा भन्छन्, “हामी एक दिनमा छ मिटर चौडा बाटो १० किलोमिटर बनाउन पुग्ने गरी सामग्री उत्पादन गर्न सक्छौँ ।”

उद्योगका अध्यक्ष मनीष रुङ्गटा ठूलो जोखिम मोलेर यो प्रविधि नेपाल भित्र्याइएको बताउँछन् । भारतमा समेत दुई वटा मात्रै यस्ता उपकरण रहेको भन्दै उनले भने, “अब हामी आशावादी छौँ नेपाल गुणस्तर चिह्नसमेत पाउन सफल भयौँ ।” युरोपियन तथा भारतीय मापदण्डअनुसार उत्पादन भइरहेको आफ्नो उत्पादन देशका प्रमुख सहरमा पुगेको उनको भनाइ छ ।

राजधानीका तीन सहरमा लगाइएका मोज्याक अधिकांश आफ्नो कम्पनीको रहेको उनको भनाइ छ । सुरुमा उपकरण खरिदमा महँगो तिर्नुपरे पनि थोरै जनशक्तिबाट धेरै काम गर्न सक्दा लक्ष्यअनुसार काम गर्न पाएको रुङ्गटाले बताए । कम्पनीका प्रबन्ध निर्देशक राजेश अग्रवालले भूकम्पपछि आफूहरूले नेपालमा यो उत्पादनको आवश्यकता महसुस गरेर जर्मन पुगेको स्मरण गराए। “उपकरण निर्माता कम्पनीले यति महँगो स्वचालित उपकरण नेपालमा सञ्चालन गर्न कठिन छ, नलैजानु भन्यो” उनले भने , “हामीले उल्टो उत्पादक कम्पनीका सञ्चालकलाई सम्झाउनु पर्यो ।”

व्यावसायिक घरानाको समूहले रु। एक अर्ब ५० करोड लगानी गरेर यो उद्योग सञ्चालनमा ल्याइएको हो । यसको उत्पादनको भार क्षमता एम ३५ देखि एम ५५ सम्मका छन् । त्यसका उत्पादनले एक सय टनसम्म धान्ने क्षमता राख्ने उनको भनाइ छ । यो उत्पादनको आयु ५० वर्षभन्दा बढी भएको उद्योगको दाबी छ ।

सो उद्योगको उत्पादनको चितवन र छिमेकी जिल्लाको बिक्रेता ओम सञ्जीवनी कङ्क्रिटो कन्सर्नका प्रबन्ध निर्देशक निरञ्जन न्यौपाने ठूला पूर्वाधारमा एशियन कङ्क्रिटोका उत्पादन लगाइएको बताउँछन्। सुन्दर शहर निर्माणमा यसको महत्वपूर्ण भूमिका हुने जनाउँदै उहाँले भन्नुभयो “मठ मन्दिर, पार्क, फुटपाथ, तरकारी बजार, होटल, रेष्टुराँ, पार्टीप्यालेस र निजी घरमा समेत यसको प्रयोग हुँदै आएको छ ।” विभिन्न रङ र मोडलमा पाइने हुँदा यसको प्रयोगपछि सुन्दरता देखिने उनको भनाइ छ ।

उद्योग स्वचालित भएकाले कुनै पनि उत्पादनमा समस्याा नआउँदा प्रयोग गरेको ठाउँबाट कुनै गुनासो सुन्न नपरेको न्यौपाने बताउनुहुन्छ । उद्योगले सामग्री उत्पादनपछि बजारमा कसरी सुन्दर र बलियो बनाउने भन्ने सीप तथा प्रविधि समेत दिंदै आएको छ । कम्पनीले हाल दुई हजार हाराहारी जनशक्तिलाई आफ्ना उत्पादन लगाउन तालिम दिइसकेको छ । कम्पनीले आवश्यक ठाउँमा उत्पादनसँगै सीप पनि प्रदान गर्ने गरेको छ । स्रोत नारायण अधिकारी रासस


प्रकाशित : २०७८ आश्विन २, शनिबार ०९:२९

लुम्बिनी दर्पण

लेखकबाट थप

  • लुम्बिनी सरकार निर्माणका लागि मोहनविक्रम सिंहसँग ओली र प्रचण्डको दुई बुँदे सहमति
  • वन संरक्षणमा उत्कृष्ट कामको कदर, कपिलवस्तुका कोइलीचौर र मायादेवी पुरस्कृत
  • प्रभाकर माविको प्रशासनिक कक्षमा तालाबन्दी, सामाजिक सञ्जालमा अनियमितताको तरङ्ग
  • वृक्षारोपण गरि मनाईयो सामुदायिक वन दिवस
  • तीजको रौनक बढाउन आयो नयाँ गीत ‘मेरो बिहे भा छैन, म पोइला गा छैन’
प्रतिक्रिया

यो पनि पढौँ

बुद्धभूमिबाटै कर सेवा, अब कृष्णनगर–तौलिहवा धाउन नपर्ने

लुम्बिनी प्रदेशको ५२ बुँदे बजेट मार्गदर्शन : असारमा तालिम–गोष्ठी रोक, बजेट अनुशासन उल्लङ्घन गर्नेलाई कारबाही

लुम्बिनीमा कांग्रेसका मन्त्रीले राजीनामा दिँदै

सुनचाँदीको मुल्य बढ्यो

सामान किन्दा सक्कली बिल लिने ग्राहकलाई सरकारी चिठ्ठा, १० लाखसम्म जित्ने अवसर

बजेट कार्यान्वयनका लागि अर्थमन्त्री डा. वाग्लेले शुरु गरे सचिवहरूसँग छलफल

इन्धनको मूल्य घटेसँगै बजार मूल्य घटाउन सरकारको आग्रह

धान उत्पादन बढाउन र कृषि आत्मनिर्भरताका लागि प्रदेश सरकार प्रतिबद्ध : मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेश सभा बैठक स्थगित,मंगलबार दिउँसो ३ बजे बस्ने

बजेटमाथि अमरेशकुमार सिंहको टिप्पणी- ठुलो फुकिएको बेलुन हो, कार्यान्वयन हुँदैन

करका दर चुहावट भएको प्रमाणित भए सार्वजनिक जीवन नै छोड्न तयार छु : अर्थमन्त्री

लुम्बिनी प्रदेशका नवनियुक्त ५ मन्त्रीले लिए सपथ

भर्खरै

  • रसुवा बाढी : नेपाली सेनाद्वारा १२ जनाको उद्धार

  • रसुवा बाढीः पृथ्वी राजमार्ग र पासाङल्हामु राजमार्गमा सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक


  • पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

  • विजयनगरमा एमालेका दुई नेता रास्वपामा

  • भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

  • भविष्यको खोजीमा मेरो यात्रा

  • पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

  • नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

  • बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech