
बुटवल ,आश्विन ४
गएरातिको वर्षासँगै आएको पहिरोका कारण ज्योतिनगर क्षेत्रका थप ९ घरमा क्षति पुगेको छ । पहिरोका कारण ८ घरमा आंशिक क्षति र १ घर पूर्ण रुपमा क्षति भएको छ । इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी प्रमुख मदन कुँवरले बताएका छन । कुँवरले भने ‘ म अहिले पनि उद्धारमै छु ।’ भदौ १३ गतेराति राति आएको पहिरोले ज्योतिनगर र लक्ष्मिनगर क्षेत्रका दजनौँ घरमा क्षति पुराएको थियो ।