लुदस,
पिपराकोठी महिला सेवा सामुदायिक वनमा आज हुने भनिएको निर्वाचन सरेको छ ।
वनको अधिवेसन भोलिहुने कार्यतालिका हेरफेर गरिएको निर्वाचन मण्डलका संयोजक सुरेन्द्र पाण्डेले बताए ।
यसअघि आजका लागि निर्वाचन तय भएको थियो। नेपाली कांग्रेसको वडा अधिवेसन, र वनको निर्वाचन एकैदिन परेपछि वनको निर्वाचन एक दिनका लागि सारिएको बुझिएको छ ।
अधिवेसनमा संयुक्त प्यानल र प्रगतिशिल प्यानल विच प्रतिस्पर्दा देखिएको र स्थानिय निर्वाचन जस्तै उमेदवारहरु घरदैलोमा मत माग्न व्यस्त देखिएका छन् । वनको निर्वाचन भड्किलो भएको स्थानिय कमल पौडेलले बताए ।
६ सय ६४ उपभोक्ता रहेको सामुदायिक वनमा वैज्ञानिक वन लागु भएसंगै नेतृत्वमा आउन होडबाजी चलेको र अधिवेसनलाई राजनितिक वृत्तबाट पनी अस्तित्वको लडाईका रुपमा हेरिएको स्थानियको बुझाई छ ।
यसले चुनावलाई थप पेचिलो बनाएको छ ।
अधिवेशममा संयुक्त प्यानलबाट रत्न बहादुर कार्कि र प्रगतिशिल प्यानलबाट शान्ता पाण्डेविच प्रतिस्पर्दा हुने जनाईएको छ ।




















