ताजा अपडेट

विजयनगरमा एमालेका दुई नेता रास्वपामा

भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

भविष्यको खोजीमा मेरो यात्रा

पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने

प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता हुँदै

कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

लोकदोहोरीमा चम्किँदै सम्झना रणपाल

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

बञ्चरेडाँडामा तत्काल फोहर व्यवस्थापन नहुने

लुम्बिनी दर्पण २०७८ आश्विन ७, बिहीबार १३:२८
[sharethis-inline-buttons]

काठमाडौं ,आश्विन ७

काठमाडौं महानगरपालिकाले दीर्घकालीन फोहर व्यवस्थापनस्थल बञ्चरेडाँडामा तत्कालै फोहर व्यवस्थापनको काम सुरु नगर्ने भएको छ ।सहरी विकास तथा भवन निर्माण विभागले महानगरलाई दीर्घकालीन फोहर व्यवस्थापनस्थल बञ्चरेडाँडामा पहिलो ‘सेल’ निर्माणको काम पूरा भएको जानकारी दिएको पनि दुई हप्ता बढी भइसकेको छ ।

यसअघि फोहर व्यवस्थापनस्थल छिटो निर्माण गर्न भन्दै आएको महानगरले तत्काल उक्त स्थानमा फोहर व्यवस्थापनको कम सुरु नगर्ने जनाएको छ । यसरी विभागले निर्माणको काम सम्पन्न गरी जिम्मा गरिसकेको अवस्था र महानगरले फोहर व्यवस्थापन कहिलेबाट गर्नेबारे यकिन नहँुदा दीर्घकालीन रूपमा फोहर व्यवस्थापनको काम अझै अन्योल भएको छ ।

विभागले गत भदौको तेस्रो साता सो सेल निर्माणको काम सम्पन्न भएको भन्दै औपचारिक जानकारी गराउँदै फोहर व्यवस्थापन गर्न सक्ने बताएको थियो । महानगरले भने निर्माणको काम सम्पन्न नभएको र स्थानीयवासीका केही मागका विषयमा थप छलफल गर्नुपर्ने भएकाले उक्त स्थानमा तत्काल फोहर व्यवस्थापन गर्न नसकिने महानगरको वातावरण विभागका प्रमुख हरिकुमार श्रेष्ठको भनाइ छ ।

सहरी विकास मन्त्रालयले आफूसँग सम्बन्ध रहेको सेल निर्माणको काम एउटा सकिएको र अर्को सेल पनि जतिसक्दो छिटो पूरा गर्ने तयारी रहेको भन्दै अन्य काममा आफ्नो जिम्मेवारी नरहेको जनाएको छ । दुई हप्ताअघि नै पहिलो सेल निर्माणको काम सम्पन्न गरी जानकारी गराएर फोहर व्यवस्थापन गर्न सक्ने बताए पनि व्यवस्थापनको काम सुरु गर्ने भनेर महानगरलगायत उपत्यकाका १७ वटै स्थानीय तहबाट जानकारी नआएको विभागका महानिर्देशक नवराज प्याकुरेलको भनाइ छ ।

उनले भने, ‘हामीले गर्ने काम सकेका छौँ, स्थानीयसँगको समन्वय र अन्य व्यवस्थापनको काम मिलाउने जिम्मा स्थानीय तहकै हो, त्यसैले अब फोहर व्यवस्थापन किन हुन सकेन भन्नेमा हाम्रो दोष छैन, विभागको काम अब सक्दो छिटो दोस्रो सेल निर्माण सक्ने हो ।’
विभागका अनुसार नियमित रूपमा काम गर्न पाए आगामी ६ महिनाभित्र दोस्रो सेल र सोही स्थानमा कर्मचारी व्यवस्थापन गर्ने भवन निर्माणको कामसमेत पूरा हुनेछ ।

बञ्चरेडाँडामा दीर्घकालीन फोहर विसर्जन स्थान ९स्यानिटरी ल्याण्डफिल साइट० निर्माण गर्न विसं २०७६ वैशाख २२ गते एक वर्षभित्र काम सम्पन्न गर्ने गरी लुम्बिनी कोशी एण्ड न्यौपाने जेभी ९उपक्रम० सँग ठेक्का सम्झौता गरिएको थियो । सम्झौताअनुसार निर्माणको सम्पूर्ण काम गत वैशाखमा नै सकिनुपर्ने भए पनि पूर्ण रूपमा काम अझै सकिएको छैन ।

बञ्चरेडाँडा पहिलो सेल निर्माणको काम पूरा नभएको र सिसडोलमा पुनः फोहर व्यवस्थापन गर्न मुस्किल परेकाले कामपासहित अरु स्थानीय तहको फोहर व्यवस्थापनमा थप समस्या चुलिएको जनाइएको छ । समन्वयविना फोहरका गाडी बञ्चरेडाँडा जाँदा स्थानीयवासीले अवरोध गर्ने भन्दै स्थानीयवासी र सम्बन्ध भएका निकायसँग औपचारिक छलफल गरेर मात्र दीर्घकालीन रूपमा फोहर व्यवस्थापनमा काम गर्नुपर्ने कामपाको भनाइ छ ।

गत भदौ १ गतेदेखि रोकिएको काठमाडौं उपत्यकाका स्थानीय तहको फोहर भदौ तेस्रो साताबाट उठ्न थालेको थियो । यसरी वर्षमा समय–समयमा फोहर नउठ्ने समस्या हरेक वर्ष नै उपत्यकाबासीले भोग्दै आएका छन ।

सिसडोलमा विसं २०६२ मा दुई वर्षका लागि मात्र फोहर विसर्जन गर्न सकिने क्षमताको ल्याण्डफिल साइट निर्माण गरिएको थियो । पटकपटक त्यसैमा माटोले पुर्दै केही विस्तार गरेर अहिलेसम्म नै फोहर व्यवस्थापन गरिँदै आएको छ । हरेक दिन उपत्यकाबाट एक हजार २०० मेट्रिक टन फोहर सिसडोलमा विसर्जन हुन्छ । यसमध्ये सबैभन्दा बढी कामपाको ५०० मेट्रिक टन फोहर निस्किने गर्दछ । निजी र कामपाको गरी दैनिक कम्तीमा २०० गाडी फोहर लग्ने गरिएको छ ।

हाल फोहर व्यवस्थापन गरिँदै आएको सिसडोलभन्दा दुई किलोमिटर टाढा बञ्चरेडाँडामा दीर्घकालीन फोहर व्यवस्थापनस्थल निर्माण भइरहेको हो । निर्माण भइरहेको दीर्घकालीन ल्याण्डफिल साइट नुवाकोट र धादिङको सिमानामा पर्छ । हाल उपत्यकाबाट दैनिक उत्सर्जन हुने फोहरमध्ये करिब ७५ प्रतिशत सिसडोलमा व्यवस्थापन गरिँदै आएको छ ।स्रोत रासस


प्रकाशित : २०७८ आश्विन ७, बिहीबार १३:२८

लुम्बिनी दर्पण

लेखकबाट थप

  • लुम्बिनी सरकार निर्माणका लागि मोहनविक्रम सिंहसँग ओली र प्रचण्डको दुई बुँदे सहमति
  • वन संरक्षणमा उत्कृष्ट कामको कदर, कपिलवस्तुका कोइलीचौर र मायादेवी पुरस्कृत
  • प्रभाकर माविको प्रशासनिक कक्षमा तालाबन्दी, सामाजिक सञ्जालमा अनियमितताको तरङ्ग
  • वृक्षारोपण गरि मनाईयो सामुदायिक वन दिवस
  • तीजको रौनक बढाउन आयो नयाँ गीत ‘मेरो बिहे भा छैन, म पोइला गा छैन’
प्रतिक्रिया

यो पनि पढौँ

विजयनगरमा एमालेका दुई नेता रास्वपामा

पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने

प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता हुँदै

कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

लोकदोहोरीमा चम्किँदै सम्झना रणपाल

शुभयात्रा ई.मोबिलिटी प्रा.लि.द्वारा कपिलवस्तुमा विद्युतीय सवारी सेवा सुरु

निजामती तथा सरकारी कर्मचारीहरूको वैदेशिक भ्रमणमा कडा मापदण्ड लागू

लुम्बिनी सरकार निर्माणका लागि मोहनविक्रम सिंहसँग ओली र प्रचण्डको दुई बुँदे सहमति

वन संरक्षणमा उत्कृष्ट कामको कदर, कपिलवस्तुका कोइलीचौर र मायादेवी पुरस्कृत

प्रभाकर माविको प्रशासनिक कक्षमा तालाबन्दी, सामाजिक सञ्जालमा अनियमितताको तरङ्ग

भर्खरै

  • विजयनगरमा एमालेका दुई नेता रास्वपामा

  • भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

  • भविष्यको खोजीमा मेरो यात्रा

  • पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

  • नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

  • बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने

  • प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता हुँदै

  • कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

  • लोकदोहोरीमा चम्किँदै सम्झना रणपाल

  • शुभयात्रा ई.मोबिलिटी प्रा.लि.द्वारा कपिलवस्तुमा विद्युतीय सवारी सेवा सुरु


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech