बैतडीमा एक व्यापारीको शव भेटियो

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

वैतडी,आश्विन ७

वैतडीमा एक व्यापारीको शव फेला परेको छ। सुर्नया गाउँपालिका–४ लेकडाँडा घर भई सन्सेरीमाण्डौंमा व्यवसाय गर्दै आएका ५६ वर्षीय कमलसिंह महरा आज मृत फेला परेका हुन् ।

उनी सोहि ठाउँस्थित हरिपुरमा बिहान करिब ६ बजे मृत फेला परेको प्रहरी निरीक्षक दर्शन खड्काले बताए। शव देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए ।महराको टाउको र खुट्टामा चोट रहेकाले उनको हत्या गरिएको आशंका गरिएको छ। हाल शव पोस्टमार्टमका लागि बैतडी अस्पताल पठाइएको छ ।

घटनाको अनुसन्धान गर्न इलाका प्रहरी कार्यालय पाटनबाट टोली घटनास्थलमा गएको र ५ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरी निरीक्षक दर्शनले जानकारी दिए ।


प्रकाशित : २०७८ आश्विन ७, बिहीबार १४:२९