
काठमाडौँ,आश्विन ७
कागेश्वरी मनोहरा नगरपालिका–७ हरहर महादेवबाट १८ लाख ७५ हजार ५ सय रुपैयाँ नगदसहित प्रहरीले १३ जुवाडेलाई पक्राउ गरेको छ ।बुधबार राति स्थानीय कमल दाहालको घरमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी प्रभाग काँडाघारीको टोलीले उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।पक्राउ गरी उनीहरुलाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी वृत्त बानेश्वरमा राखेको प्रहरीले जानकारी गराएको छ ।