चितवन,आश्विन ८
चितवनको इच्छाकामना गाउँपालिका(५ नाग्दीखोलास्थित पृथ्वी राजमार्गमा काठमाडौँबाट पोखरातर्फ जाँदै गरेको कार त्रिशूली नदीमा खस्दा तीन जना बेपत्ता भएका छन् भने एक घाइते भएका छन । बिहीबार राति ११ः४५ बजे कार अनियन्त्रित भई सो दुर्घटना भएको हो ।
उक्त दुर्घटनामा परेर घाइते हुनेमा पोखरा महानगरपालिका(१७ बस्ने ४६ वर्षीय रुद्रलाल सुवेदी रहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । उनको भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल ९पुरानो मेडिकल कलेज० मा उपचार भइरहेको छ । घाइतेको अवस्था मध्यम रहेको प्रहरीले जानकारी दिएको छ ।
कारमा सवा। सोही ठाउँ बस्ने अन्दाजी ६० वर्षीय प्रेमबहादुर भुजेल, सोही ठाउँका अन्दाजी ५५ वर्षका लेखराम भुजेल र उनकी श्रीमती ३६ वर्षीया ईश्वरी भुजेल। कारसहित उनीहरु बेपत्ता भएको प्रहरीले जनाएको छ । बेपत्ता भएकाको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।



















