
असोज ८
असोज ११ गतेदेखि दसैँका लागि लामो दूरीका यातायातमा अग्रिम टिकट बिक्री खुला हुने भएको छ । यातायात व्यवस्था विभागले असोज ११ गतेदेखि अग्रिम टिकट बिक्रि खुला हुने जानकारी दिएको हो ।
बिभागका प्रवक्ता लोकनाथ भुसालले प्रवक्ता भुसालले यही असोज ११ गतेदेखि दसैँका लागि अग्रिम टिकट बिक्री खुला गर्ने र १४ स्थानमा यात्रु सहायता कक्ष राख्ने निर्णय भएको बताए । बसको टिकट अनलाइनमा काट्ने व्यवस्था मिलाउन प्रयास भइरहेको पनि उनले जानकारी दिए ।

